आहा सञ्चार
रुकुम
सामुदायिक सिंचाई आयोजना (सिआईपी) रुकुम अन्तरगत १० नम्बर ईलाकामा सञ्चालन भैरहेका सिंचाई उपआयोजना भित्रका बिपन्न कृषकहरुलाई तालिम संचालन गरिएको छ । बैशाख २० देखि २२ गते सम्म ३ दिने क्षमता अभिबृद्धि सम्बन्धि तालिम मुसिकोट खलंगामा आयोजना गरिएको हो । आठबिसकोट, स्यालाखदी, आठबिसडाँडागाउ, र गोतामकोट गाबिसका गरी १८ जनाको तालिममा उपस्थिति रहेको थियो । बिपन्न दलित आदिभाषी, जनजातीको आयोजनामा सहभागीता, समाबेशिकरण, लैङ्गगीक समानता, आधुनिक कृषि प्रणाली, नगदेबाली, नेतृत्व बिकास, आयोजनाको गुणस्तर र आयोजना सम्पन्न पश्चात मर्मत सम्भारमा उपभोक्ताको दायित्व, सहकारी निति र यसको आवश्यकता लगायतको बिषयमा तालिममा प्रशिक्षण दिईएको बताईएको छ । तालिमको सहजिकरण जिल्ला बिकास समिति रुकुमका निमित्त स्थानीय बिकास अधिकारी रामबहादुर शाहीे, जिल्ला प्राबिधिक कार्यालय रुकुमका निमित्त प्रमुख जिल्ला इञ्जिनियर बनीन श्रेष्ठ, सिआईपि ईन्जिनियर सुदिप बिक्रम भट्ट, जिल्ला कृषि बिकास कार्यालयका बरिष्ठ कृषि बिकास अधिकृत कुल प्रशाद अधिकारी, सिआईपि रुकुमका जिल्ला संयोजक हिक्मत बहादुर रोकाया, सिआईपि रुकुमका असिष्टेन्ट सब ईन्जिनियर रुद्रगोपाल डाँगी, जिल्ला सहकारी संघका अध्यक्ष नरबहादुर खड्का लगायतले गरेका थिए । समापन कार्यक्रममा बोल्दै जिल्ला प्राबिधिक कार्यालय रुकुमका निमित्त प्रमुख जिल्ला इञ्जिनियर बनीन श्रेष्ठले तालिममा सिकेका कुराहरु कृषकहरुले ब्यबहारमा उतार्न सल्लाह दिए । त्यस्तै इञ्जिनियर पहलबहादुर पुनले सिंचाई आयोजना निर्माण पश्चात कृषकहरुलाई नगदेबाली तर्फ उन्मुख हुन सल्लाह दिए ।
तालिम समापन कार्यक्रमको अध्यक्षता जिल्ला बिकास समिति रुकुमका निमित्त स्थानीय बिकास अधिकारी रामबहादुर शाहीले गरेका थिए भने जिल्ला प्राबिधिक कार्यालय रुकुमका निमित्त प्रमुख जिल्ला ईन्जिनियर नबीन श्रेष्ठ, इञ्जिनियर पहलबहादुर पुन, लेखापाल पिताराम खड्का लगायतको सहभागीता रहेको थियो ।

0 comments:
Post a Comment