आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, May 11, 2014

मृगौला पीडितलाई उपचारमा समस्या

प्रबिर ददेल
रुकुम

दलित तथा विपन्न परिवारमा रहेकी  जिल्लाको छिवाङ २ की ३५ वर्षीय चम्फा कामीको दुवै मृगौलाले काम गर्न छोडेको झण्डै एक बर्ष भयो । आर्थिक अभाव कारण उनको उपचार हुन सकेको छैन । गरिब तथा विपन्न परिवारमा रहेकी कामीको सुरुमा टाउको दुख्ने, हात खुट्टा सुनिने समस्यामा देखिएपछि जिल्ला अस्पताल रुकुममा जाँच गर्दा कुनै रोग पत्ता लागेन ।
 त्यसपछि उनी गाउँकै  धामीझाँक्री सँग झारफुक गरिन तर पनि निको भएन । भारतमा सामान्य मजदुरी गर्ने उनका श्रीमानले साहुको ऋण काडेर उपचारको लागी  भारत लिए । त्यहाँ उनको दुवै मृगौलाले काम गर्न छोडेको डाक्टरले बताए पछि विपन्न दलित परिवारको होस उडेको छ । उनको परिवारले अहिले उपचारको भिख माग्न वाध्य भएका छन । उनीलाई भारतमा उपचार गर्न समस्या भएपछि नेपाल फर्कने तयारी गरेको उनका ससुरा शेरबहादुर कामीले जानकारी दिए । निजी अस्पतालमा महंगो हुने र सरकारी अस्पतालमा भारतको नागरीकता तथा रासन कार्ड नभएकाले उनको मृगौला प्रतिरोपण हुनसकेको छैन । भारतमा उपचार नभएपछि उनीहरु एकसाता भित्र नेपाल फर्कने कामीले जानकारी दिए । मृगौला पीडित कामीलाई  भारतको एक निजी अस्पतालमा हालसम्म डायईलसिस गर्दा झण्डै २ लाख खर्च भएको श्रीमान झगवहादुर कामीले टेलिफोनबाट जानकारी दिए ।
 ‘उपचार नहँुदै २ लाख सिध्याइयो, उपचार कसरी गर्ने’ कामीले भने, ‘हाम्रो परिवारमा मजदुरी गरेर दैनिक टार्न समेत धौ धौ हुने गर्दछ ।’ उनका ३ छोरी र १ छोरा छन । श्रीमान कामीले सक्दो आर्थिक सहयोग गरेर मृगौला पीडित श्रीमतीको ज्यान बचाईदिन सबैमा अनुरोध गरेका छन । मृगौला पीडित कामीलाई  उपचारमा सहयोग गर्ने व्यक्ति तथा सस्थाले  मोवाईल नम्वर ९७४१२८३०७३ मा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |