![]() |
के.वि.मसाल |
प्रत्यक वर्ष नयाँ वर्ष आउछ,जान्छ । उत्सव हुन्छ, शुभकामना आदन प्रदान हुन्छ,नयाँकामको प्रारम्भ हुन्छ नया वर्षको आरम्भमा । नेपालीहरुको नयाँ वर्ष विक्रम सम्वतको वैशाख १ गते बाट सुरुहुनछ । विक्रम सम्वत हिन्दु पन्चाङ्गमा आधारित नेपाल तथा भारतको राष्टिय पात्रो हो । यो पात्रो अग्रेजी पात्रो भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडी छ । यसको सुवात वैशाख महिना बाट सुरुहुन्छ । भौतिक शास्त्र अनुसार व्रह्माण्डको सृष्टि भएको सभा चारअर्व वर्ष भयो । जंगलीयुग बाट सम्यताको युगमा प्रवेश गरेको करिव ३५ हजार वर्ष भएको छ । यस पछि मानव विकासको क्रममा ज्योतिष शास्त्रको आधारमा भौतिक विज्ञानले धेरै विषयमा अध्ययनगरी तथ्य,सत्यकुराहरु प्रमाणित गरिदिएको छ ।
नेपालको इतिहास अनुसार हिमवत खण्डका सा–साना राज्यहरु सेनवंशी,वाइसी,चौवीसी र उपत्यका लगायत ब्रम्हपुत्रदेखि गंगाको आसपाससम्म विक्रम सम्वत चलनमा आएका प्रमाणहरु भेटिन्छन । नेपालको विभिन्न कालखण्डमा चलिआएको शक सम्वत,नेपाल सम्वत तिथीको आधारमा मात्र चलिरहेको र कहिलेकहि तिथी घटबढ हुदा शासन व्यवस्थामा नमिल्ने भएकोले राणा प्रधानमन्त्री चन्द्रशमसेरले ज्योतिषहरु संग सल्लाह लिएर विक्रम सम्वत १९६१ मेष संक्रान्ति वैशाख १ गते प्रारम्भ गरी विक्रम सम्वत चलाएका हुन । ज्योतिष शास्त्र अनुसार मीन राशि समाप्त भई मेष राशी सुरुहुना साथ अर्थात मेषमा सूर्यले प्रवेश गरेको दिन वैशाख १ गतेदेखि विक्रम सम्वतको नया वर्ष सुरुहुन्छ । उपत्यकामा सूर्यवंशि लिच्छवी वंशको प्रभावले किरातवंशि राजाहरु ले पराजय हुनुप¥यो । किरातवंशी राजाहरु लाई पराजय गरेपछि लिच्छवीवंशले शासन संचालन गर्न थाले । लिच्छवीवंशका पहिला राजा हुने धर्मपाल,भूमिवर्मा विक्रमादित्य उपाधि बाट पुकारियका सूर्यवंशी पराक्रमी चक्रवर्ती राजाको पालादेखि विक्रम सम्वत सुरु भएको इतिहासले देखाउछ । वैदिककालदेखि नै चल्दै आएका महिना,वार र तिथीहरु विव्रmम सम्वतले निरन्तरता दिदै आएको छ ।
विव्रmम सम्वत भन्दा १३५ वर्ष पछि नेपाल सम्वतको प्रचलन भएको हो । विव्रmम सम्वतमा ३६५ दिनहुन्छ । भने शक सम्वतमा ३५४ दिनमात्र हुन्छ । विव्रmम सम्वत नेपालमा प्रचलनमा आएका सम्वत मध्य सवै भन्दा पहिलो सम्वत हो । जुन कुराको प्रमाण इतिहासविद नयनाथ पौडेलले विव्रmमादित्य राजाको बारे र विव्रmम सम्वतको प्रचलनको बारेमा धेरै प्रमाणित कुरा इतिहासमा लेख्नु भएको छ । ज्योतिष पं.सूर्यनाथ ढुङ्ेलका अनुसार विव्रmम सम्वत प्रकृती संग आवद्ध छ । दिन र रात सूर्यले नै निर्धारण गर्ने र सूर्यले एकवर्षमा अर्थात ३६५ दिन १५ घडि ३१ पला ३१ प्रतिपलाको अवधिमा एक चक्कर ३६० डिग्रीकोणले पुरा गर्दछ । सूर्य ३६० डिग्री अर्थात राशि, अंश,कला,विकला ०० हुन्छ । त्यहि समयमा मिन राशि समाप्त भएर मेष राशि सूर्यमा प्रवेश गर्दछ । यसलाई विव्रmम सम्वत अनुसार नयाँ वर्षमा आरम्भ भएको मानिन्छ । ३० अंशको एक महिना हुनेहुदा पहिलो ३० अंश सकिए पछि वैशाख र त्यसपछि जेष्ठ महिना सुरुहुन्छ । ज्योतिष शास्त्र अनुसार ३०÷३० अंश काट्दै जादा वर्षदिन पुरा गर्दछ । विव्रmम सम्वत नेपालको मौलिक सम्वत हो । आफ्नो मौलिकता र पहिचान बचाउदै प्रमाणको आधारमा विव्रmम सम्वतको निरन्तरता दिदै आएको छ । यो नेपालीहरु को लागी गौरवको कुरा पनि हो ।
मानव विकास सगसगै विश्वमा अन्य सम्वत पनि प्रचलनमा आएका छन । रोमन नेता जुलियस सिजरले थालेको इस्वी संम्वतको लोकप्रियता विश्का धेरैदेशमा प्रवाह प¥यो । दिनलाई मुल इकाई मान्ने यो क्यालेण्डर सूर्यको गतिमा चल्दछ । १६ औं शताव्दीको मध्यतिर रोमका १३ औं पादरी ग्रेगरी जुलियनले ३६५ दिनको क्यालेण्डर वास्तविक वर्षको दाजोमा करिव १० दिन वढेको फेलापारे । ऋतुसंग पनि मिलेन त्यसपछि सन १५८२ अक्टोवर ५ तारिखलाई उनले १५ तारिख बनाइदिए । नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उप–कुलपति श्रीकृष्ण आचार्यका अनुसार ज्योतिषले दियको सुझाव अनुसार ग्रेगरीले क्यालेण्डरमा ल्याएको परिवर्तन त्यहाका पोपहरुले पहिला स्विकार गर्न मानेनन । छिमेकी मुलुक ग्रेट व्रिटेनले १७० वर्षपछि अर्थात सन् १७५२ सेप्टेम्वर ३ तारेखका दिन १४ लेखेर ग्रेगरीले ल्याएको परिवर्तन स्विकार गरेको थियो । ३ सय ४२ वर्ष पछाडी १९२४ मा ग्रीस र रोमानियाले पनि यस लाई स्विकारे । रसियाले १९१७ मा स्विकारेपछि २५ अक्टोवरका दिन मनाइने अक्टोवर क्रान्तीको वर्षगाठ नोभेम्बर ७ मा सारियो । बिट्सि सामाज्यअघि शक सम्वतको प्रचलनमा रहेको भारत सन १९५२ पछि मौलिक पहिचान भएको क्यालेण्डर लागुगर्नु पर्ने आवाज उठन लाग्यो । यसको लागी तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरुले कार्यदल नै वनाए । चारवर्ष पछि शक सम्वत लागुगर्ने सरकारले निर्णय गर्नप¥यो तर लागु भएन ।
नेपालमा पनि लिच्छवीराजा राघवदेवको पालामा शङ्खधर साख्वाः ले नेपालीहरुको ऋणमोचन गरी देशको नामबाट नेपाल सम्वत सुरु गरेको इतिहास छ । यो सम्वत ८८८ बर्षसम्म प्रचलनमा आएको थियो । पछि राण सरकारको पालामा यस सम्वत लाई हटाएर विव्रmम सम्वत लागु गरिएको थियो । नेपालमा नेवार जातीहरु ले यस सम्वत लाई राष्टिय सम्वतको रुपमा प्रत्यक वर्ष नेपालःवर्ष को रुपमा मनाउदै आएका छन । नेपालमा अहिले १२५ जातीहरु रहेका छन । ति जातीहरु मध्य धेरै जातीहरुको आफ्नै भाषा र संस्कृती रहेका छन । विव्रmम सम्वत लाई राष्ट्यि सम्वत मनाउदै आएपनि कतिपए जातीहरुले आफनै धर्म संस्कृती बाट चल्दै आएका नयाँ वर्ष र पर्व मनाउदै पनि आएको पाइन्छ । तिव्वती वौद्ध धर्म तथा सस्कृतीवाट प्रभावित हिमाली क्षेत्रमा शताव्दीयौदेखि वसोवास गर्ने गुरुङ्,तमाङ् र शेर्पा जातीहरु ले विव्रmम सम्वतको साथै आफ्नो धर्म र सस्कृतीको लोसर पर्व लाई नयाँवर्षको रुपमा मनाउने गर्दछन । तिव्वती भाषमा लो को अर्थ वर्ष र सर को अर्थ नयाँ हो । त्यसैले वौद्ध धर्ममार्गीहरुको लागी लोसर नयाँवर्षको चाड हो । त्यसैगरी पश्चिम नेपालका थारुजातीहरुले माघेसक्राती लाई आफ्नो जातीको नयाँ बर्षको दिन मान्दछन । तर पनि ति जातीहरुले राष्ट्यि पर्वको रुपमा मनाइने विव्रmम सम्वतको पहिलो दिन वैशाख १ गते पनि पर्वको रुपले मनाउदै आएकाछन ।
अहिलेसम्मको अध्ययन अनुसार विश्वमा ११८ वटा देशमा रहने विभिन्न जातीका समुदायले धर्म र जातीको रुपमा नयाँवर्ष मनाउने गर्दछन । नेपालमा पनि विशेषगरी २०४६ पछिका दिनहरुमा आदिवासी जनजातीहरुले पनि परम्परागत मान्दै आएको पर्वलाई नयाँवर्ष संग जोडेर नयाँवर्षको रुपमा आफ्नो चाडपर्व लाई मनाउन थालेका छन । वौद्धमार्गीहरु ले लोसार,किरात र लिम्वुहरुले येलेतङवे र दाङजिल्ला भन्दा पश्चिमका थारुजातीहरु को माघे यसको उधारण मात्र हो । राष्ट्यि सम्वतको रुपमा विव्रmम सम्वत लाईनै मानेर आफ्नो धर्म सस्कृतीको नयाँवर्ष मनाउने अन्य जातीहरु पनि हुन सक्दछन । राष्ट्यि जनगणना २०६८ अनुसार नेपालमा ८१.३ हिन्दु, ९.० वौद्ध ४.४ इस्लाम ३.१ किरात १.४ क्रिश्चियन र .५ प्राकृत धर्ममा आस्था राख्ने मानिसहरुको वसोवास छ । राष्ट्यि विव्रmम सम्वत लाई पनि पर्वको रुपमा मान्ने र आफ्नो धर्म र आस्थाको आधारमा पनि कति प्रतिशतले नयावर्षको रुपले मनाउछन भन्ने कुरा अध्ययनको विषय बन्न सक्दछ ।
आम नेपालीहरुले नयाँवर्षको रुपमा मनाइने वैशाख महिनामा मानिसले मात्र होइन प्रकृतीमा रहेका बोटविरुवाले पनि नया पालुवा फेरेर नयावर्षलाई स्वागत गरेको देखिन्छ । पुरानो वर्ष अवसान पछि आउने नयाँवर्ष एउटा उत्सवले सवैलाई उत्साहित वनाएको हुन्छ । मानिसमा नयासोच,जोश,जागर,खुशि र उमंग पर्वको रुपमा मनाउदै हआएको नयाँवर्षले थपउर्जा थपिदिने काम गर्दछ । संसारमा नयाँवर्ष मनाउने तरिका पनि आफ्नो धर्म र सस्कृती अनुसार फरक–फरक शैलिमा छ । विश्वका धेरै मुलुकले इस्वी सम्वतको जनवरी–१ लाई नयाँवर्षको रुपमा मनाउदै आएपनि इस्वी सम्वत भन्दा विव्रmम सम्वत वैज्ञानिक भएको ज्योतिष विज्ञानको भनाई छ । सूर्यको गतिको आधारमा महिना रहने विव्रmम सम्वत नै सवैभन्दा वैज्ञानिक सम्वत भएको कुरा ज्योतिषहरुको भनाइ छ । नयाँवर्ष २०७१ को हार्दिक शुभ–कामना ।
मिति– २०७० चैत्र २२ गते दाङ
0 comments:
Post a Comment