आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, April 22, 2014

भेरी नदीको पानी खान्छन जाजरकोटी

दिप बहादुर घर्ति
जाजरकोट

जाजरकोट जगतिपूर र सिमा गाविसका स्थानीय बासिन्दा खानेपानी अभावमा दुषित कुवाँ र भेरी नदीका पानी खान बाध्य छन । हाल सम्म खाने पानीको ब्यबस्था हुन नसक्दा समुदायहरु कुवाँ र भेरी नदीको पानी खान बाध्य भएका हुन ।
जगतिपुर गाविसको कुदु,कुस्तरा,विष्णेचौर र सिमा गाविसको छेडाचौरका बासिन्दाहरु खानेपानीको उचित ब्यबस्था हुन नसक्दा दुषित भेरी नदीको पानी खादै आई राखेका छन । जगतिपुरको ७÷८ र ९ नं. वडाका समुदायहरुको छहरीमुहान खानेपानी आयोजना प्रभावकारी हुन नसक्दा बर्षमा सय दिन जतिमात्र उपभोक्ताहरुले उक्त आयोजनाको पानी खान पाउने कुस्तराका शेरबहादुर बस्नेत वताउछन । बर्षका अरु सबै दिन ३ वटा वडाका मान्छेहरुले भेरी नदीको पानी खादै आईराखेको चर्चा बस्नेतले गरे । बर्षादमा भेरी नदी धेरै धमिलो भएमा ३ वडाकै समुदायले जगतिपूर ७ को मेलसोता खोलामा रहेको कुवाँको दुषित पानी खान बाध्य हुनु पर्छ शेरबहादुरले  भने । मेलसोता खोलाको कुवाँको पानी प्राय जसो गाई,भैसीलाई पानी खुवाउन,मान्छेले कपडा धुन र नुहाउनको लागि प्रयोग गरिन्छ । दुषित कुवाको पानीले नुहाउदा छाला चिलाउने रोग लुतोको प्रकोप गाउँमा देखिरहेको छ । २०६७ सालमा जगतिपूर गाविसको १ लाख ६ हजार अनुदानवाट उक्त कुवाँलाई तारवार सहितको वाल लगाईएको छ । वाल लगाए पनि उक्त कुवाको पानी सधै धमिलो, दुषित नै हुन्छ ।
जगतिपूर ६ को विष्णेचौरमा बाह्रै महिना भेरी नदीको दुषित पानी पिउनु पर्छ । नेपालगञ्ज, सुर्खेतवाट जाजरकोट जादा÷आउदा जाजरकोटको मुल गेटका रुपमा रहेको सिमा गाविसको छेराचौरमा समान्यत दोकान, पशल र होटल भएता पनि खानेपानी आयोजनाको ब्यबस्था नहुदा बाह्रै महिना भेरीनदीको दुषित पानी खानु पर्ने अवस्था छ । उक्त छेडाचौरमा खाने पानी, भाडाँ माझ्ने, कपडा धुने, नुहाउने जस्ता सवै कामको लागी भेरी नदीकै दुषित पानी प्रयोग गरिन्छ । नदीको पानी बोक्नलाई महिला बालबालीकाहरु लाईनै लागेर विहान वेलुका भेरी तिर धाई राखेको देख्न पाईन्छ । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |