आहा सञ्चार
रुकुम
जिल्लाको दुली गाविसलाई पनि खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको छ । आउदो जेष्ठ २२ गते जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य अनुसार १८ औं गाविसका रुपमा दुलीलाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । त्यस्तै गाबिसलाई जिल्लाको पहिलो गाविसका रुपमा दुलीलाई पुर्ण साक्षरयुक्त गाविस पनि घोषणा गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि स्थानीय विकास अधिकारी भरतकुमार शर्माले व्यानर खोलेर खुला दिसामुक्त तथा पहिलो साक्षरयुक्त गाविस घोषणा गरेका हुन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले खुला दिसामुक्त घोषणा गरेको दुली गाविसलाई सरसफाई प्रवद्र्धनका लागी २५ हजार पुरस्कार दिने घोषणा गरे । त्यस्तै उनले साक्षरता अभियान कार्यन्वयनका लागी ५० हजार र बर्थिङ्ग सेन्टर स्थापनाका लागी ३ लाख सहयोग गर्ने समेत बताएका छन । गाबिसका सबै घरमा शौचालय निर्माण पनि खुल्ला दिसामुक्त गरिएको गाविस कार्यालयले जानकारी दिएको छ । त्यस्तै साक्षर अभियान कार्यक्रम पश्चात साक्षरयुक्त गाबिस घोषणा गर्न सबै प्रकृया पुगेपछि जिल्लाको पहिलो साक्षरयुक्त गाबिस घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय रुकुमले जनाएको छ ।

0 comments:
Post a Comment