आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, April 22, 2014

बिद्यालय भवनको शिलान्यास

आहा सञ्चार
रुकुम

सेभ द चिल्डेन र बाल सरोकार केन्द्र रुकुम को आर्थिक तथा प्राबिधिक सहयोग तथा जिल्ला शिक्षा कार्यालयको समन्बयमा जिल्लाको स्यालापाखा ७, चिसापानीमा नबचेतना प्राथामिक बिद्यालयको ६ कोठे भवनको एक समारोहका बिच  रुकुम क्षेत्र नं. १ का संबिधानसभा सदस्य सभासद गणेशमान पुनले शिलान्यास गरेका हुन । करिब ५६ लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त बिद्यालय निर्माणमा दश हजार रुपैयाँ आफुले सहयोग गर्ने प्रतिबद्धता सभासद पुनल उक्त कार्यक्रममा जनाएका छन । 
बिद्यालय भवन निर्माण समितिका अध्यक्ष एबं बडा नागरिक मञ्चका संयोजक तिलक बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अभिभाबक मोहन खडकाले गरेका थिए । कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र खत्री, प्रअ अनिल केसी, जिल्ला शिक्षा कार्यालयका सबईन्जीनियर भानुभक्त न्यौपाने, बाल सरोकार केन्द्रका कार्यबाहक अध्यक्ष पबिन कुमार खडका, प्राबिधिक बिनाराम डाँगी र समाजिक परिचालक जंङ्ग केसीको लगायत बिधालय सेवा क्षेत्रका अभिभाबकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम मार्फत बिद्यालय भवन निर्माण सगै छात्र र छात्राको लागी अलग अलग शौचालय, बालपुस्तकालय, डेक्स, बेन्च लगयातका सामाग्रीहरु बनाईने बताईएको छ ।  गत आर्थिक बर्षमा केन्द्र मार्फत एनसेल आर्थिक सहयोगमा जिल्लाको खारा गाविसमा बिद्यालय निर्माण गरेका थियो ।
बाल सरोकार केन्द्रले सेभ द चिल्डेन को समmेदारीमा बिगत ३ बर्ष देखि जिल्लाका खारा, मुरु, रुघाँ, चौखाबाङ्ग, साँख, स्यालापाखा, छिबाङ्ग, बाफिकोट गाबिसका ८५ बटा बिद्यालय, ५९ बटा बालबिकास केन्द्र, ४५ बटा बाल क्लब, ८ वटा गाउँ बाल संरक्षण समिति, ५ बटा स्रोत केन्द्र, ८ वटा गाउँ शिक्षा समिति, ८ बटा स्बास्थ्य चौकी र गाबिसहरु संग मिलेर प्राथमिक गुणस्तरिय शिक्षा कार्यक्रम संचालन गरिरहेको अध्यक्ष शिद्धराज पनेरुले जानकारी दिए ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |