शेर प्रकाद ढकाल
चौरजहारी
जिल्लाको शीतल उच्च माध्यामिक बिद्यालय चौरजहारीले सौर्य उर्जाको प्रयोगगरी विद्यालयमा कम्प्युटर शिक्षा शुरु गरेको छ । विद्युत सेवा प्रभावकारी हुन नसकेको चौरजहारीमा बिद्यार्थीहरुलाई नवीनतम ज्ञान सीप हासिल गराउने भन्दै सौर्य उर्जाको प्रयोग गरी कम्प्यूटर शिक्षा शुरु गरेको हो ।

जिल्ला शिक्षा कार्यालय रुकुमको आर्थिक सहयोगबाट विद्यालयमा ४ किलोवाट क्षमताका सोलार तथा २५ वटा कम्प्युटर खरिद गरिएको विद्यालयका प्राचार्य गणेश प्रसाद रिजालले जानकारी दिए । कार्यलयबाट प्राप्त भएको २० लाख रुपैयाँको लगानीमा सोलार तथा कम्प्युटर खरिद गर्नुका साथै सवओभरसियर विषय अध्यापनका लागि चाहिने आवश्यक सामाग्रीहरु पनि खरिद गरिएको विद्यालयले जनाएको छ । शीतल उमाबि जिल्लाको एक मात्र माध्यामिक तहमा सवओभरसियर विषयको पढाइ हुने विद्यालय हो ।
प्राविधिक विषय अध्ययन गरिरहेका तथा निम्न माध्यामिक र माध्यामिक तहमा कम्प्युटर विषय लिएर पढिरहेका बिद्यार्थीहरुलाई कम्प्युटर जडानको काममा प्रत्यक्ष फाईदा पुग्ने प्राचार्य रिजालले जानकारी दिए । दिन प्रतिदिन कम्प्युटर शिक्षाको आवश्यकता बढिरहेको बेला विद्यालयले यसरी कम्प्युटर शिक्षा शुरु गर्नु आफुहरुको हितको पक्षमा रहेको बिद्यार्थीहरुले बताएका छन ।
कम्प्युटर सम्वन्धी सैद्धान्तिक ज्ञान मात्र घोक्न बाध्य भएका विद्यार्थीहरु विद्यालयमा कम्प्युटर चलाउन पाएपछि खुसी भएका छन् ।
कम्प्युटर सम्वन्धी सैद्धान्तिक ज्ञान मात्र घोक्न बाध्य भएका विद्यार्थीहरु विद्यालयमा कम्प्युटर चलाउन पाएपछि खुसी भएका छन् ।
0 comments:
Post a Comment