आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, April 3, 2014

हाम्रो ‘मशाने चिन्तन’ केहिलेसम्म....

 एम लामिछाने


आज धेरै दिन पछि अलि पृथक हुन मन लाग्यो । जिवन केहि रहेन छ भन्ने अभिव्यक्तिहरु सुनिए । लोभ, मोह, रिष र द्देषको ठुला ठुला र असल भावनाका कुराहरु भए । समाजका भıभलादमी भन्नेहरुले फुलबुट्टा भरिएका अनगिन्ति धारणाहरु राखे । जिवन केहि होईन् रहेछ । कठै कलिलै उमेरमा गयो । दैव पनि कति निष्ठुरी लाऊलाऊ र खाऊखाऊ भन्ने बेलामा चुडेर लग्यो बरु मलाई नै लगेको भएपनि हुन्थ्यो नी । कति सजिलोसंग चिल्ला र लोभलाग्दा अभिव्यक्तिहरुको बर्षा हुन थाल्यो । हामी कति असजिलो, अपत्यारिलो र अनौठो तानाबाना बुन्न सिपालु छौ भने यी अपत्यारिला कुराका तानाबाना बुन्न भन्दा ३० बर्षको उमेरमा क्यान्सरको पिडावाट मृत्युवरण गरेका ति परिवारलाई अलिकति मानविय व्यवहार देखाउन सकेको भए पनि समाजमा रवाफ र प्रतिष्ठा देखाउन चाहने भोकाहरुको जिवनमा केहि गरेको सार्थकता देखिन्थ्यो । 

देखियो त केवल मशाने चिन्तन मात्र । ती युवा २४ वर्षको उमेरमा कतारको भुमिमा १ वर्षेे छोरी र श्रीमतीलाई छाडेर भविष्यको सुनौलो कल्पना बोकेर गए । ५ वर्ष सम्म बिदेशी भुमिमा रगत र पसिनाको होली खेले, घाम, पानी, हुरी, धुलो र मैलोमा हराए । ५ लाख रुपैयाँको पोको बोकेर स्वदेश फर्किए तर क्यान्सर जस्तो रोग बोकेर । बिदेशी भुमिमा रगत र पसिनाले कमाएर ल्याएको उनको पैसाले न त क्यान्सरसंग लड्न सार्मथ्य राख्योे न त उनको परिवारको दैनिकिमा । उनले संसार मात्र त्यागेनन्, उनले कलिलो बालिका र भरखर खाऊखाऊ, लाउलाऊ भन्ने उमेरकी श्रीमतीलाई पनि त्यागे । देशको ठेक्का लिएर गरिब जनताको नाममा राजनिति गर्ने हाम्रा देशका नेताहरुका लागि क्यान्सर, मधुमेह, मुटु जस्ता ठुला ठुला रोगहरु पनि सामान्य भएका छन्, तर नेपालका २ करोड जनताहरु सधैं यस्ता भयाबह रोग लाग्न सक्ने चिन्ताले सधै ग्रस्त छन् । एउटा प्रसंग जोड्न मन लाग्यो, धन्न हाम्रा नेपालका हालका प्रधानमन्त्रीलाई यस्ता रोगहरुले कहिल्यै सताएनछ नत्र त ३ वटा मोबाईल मात्र सम्पत्ती भएका ती बिचरा प्रधानमन्त्रीको अवस्था कस्तो हुन्थ्यो होला ? कल्पना गर्नुस त ? उनि जस्तै जिन्दगी भरि निरोगी रहने अचुक बरदान ती ३० वर्षे युवाले पाएका भए कमसेकम ५ बर्षे बालिकाको भविष्य त सुनिश्चत हुने थियो । नेपालका मन्त्रीहरुले दिएका सम्पत्तिको विवरण सुन्दा न त तिनले व्यापार गरे, न उद्योग नै, गरे त खाली जनताका नाममा राजनिति गरे । कति भाग्यमानी नेताज्युहरु नेपाल जस्तो गरिब देशको ससुरालीबाट दाईजो प्रशस्तै पाए । आहा त्यो मृत्युवरण गरेका ३० वर्षे युवाको पनि हाम्रा मन्त्रीहरुको जस्तै ससुराली भएको भए अकालमा मृत्युवरण गर्नुपर्ने थिएन् ।  नेपालका नेताहरु मिलेर ती आफना सम्पत्तिहरुलाई एकिकृत गरि देशमा उद्योगहरु खोलिदिए चुनावमा जनताको घर घरमा भोट माग्न जानुपर्ने आवश्यता नै रहदैन्, जनता नै नेताका घर घरमा जान्छन् चुनावमा उठिदिनु प¥यो भन्नका लागि । नेपालका लाखौं युवाहरु बिदेशिएका छन् । देशमा रोजगारीको श्रृजन गर्न सकेको भए ती युवाहरु अनिश्चित भविष्यका लागि बिदेश तिर भौतारिनु पर्ने थिएन् । देशका अगुवा, व्यापारी, बुद्दिजिवि, नेता, मन्त्रीहरु पर्टिगत र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर नेपालको विकास मात्र सम्झे यो सानो देशको मुहार फेरिने थियो । पत्रकार रवीन्द्र मिश्रको एउटा लेखमा १ जना महिलाले भनेकी रहिछिन् नेपालका नेताहरुको त मुखै हेर्न मन लाग्दैन् । हाम्रा अधिकांश नेताहरु प्रति जनमानसमा कस्तो छाप छ भन्ने कुरा ती महिलाको भनाईले पनि प्रस्टयाएको छ । देशमा सरकारी तथा गैरसरकारी निकायमा कार्यरत कर्मचारीहरुले तिरेका करको व्याजको हिसाब मात्र पारदर्शी गर्ने हो भने पनि त्यो व्याजको पैसाले नेपालमा कयौं युवाहरुका लागि रोजगारिको श्रृजना गर्न सकिन्छ । हामी व्यक्तिगत स्वार्थवाट कहिल्यै माथि उठन सकेनौं । हामी भन्दा बढि म लाई माया ग¥यौं । देशलाई खोक्रोे पार्दै लग्यौं । देशको नाममा कुनै न कुनै तबरवाट राजनिति ग¥यौं । अनि ३० बर्षे युवाको मृत्युलाई कठै भन्यौं र केहि समयको लागि जिवनको परिभाषा खोज्यौं । जब त्यहि लाश खरानी भयो र घरमा आयौं अनि ति सबै जिवनका परिभाषाहरु भुल्यौं र त्यो मशाने चिन्तनलाई पनि बिर्यौ । नेपालमा लगानी गर्न नपाएर बैंकहरु डुब्न लागेका छन् । राजनैतिक अस्थिरतरता र स्वार्थका कारण भएका उद्योगहरु पनि डुब्न सक्ने आशंकाले नेपाली जनताहरुलाई सधैं पिरोलि रहेको छ । 
बेरोजगारीको समस्याले युवाहरु पलायन भईरहेका छन् । यस्तो अवस्थामा नेपाल सरकार जमानी बसि बैंकहरुले गाविसहरुमा कर्जा प्रवाह गर्न सके भने पनि स्थानीय स्तरमा नै ठुला तथा मझौला उद्योगहरु खोल्न सकिन्थ्यो । नदि भएका ठाउमा हाईड्रोपावरमा, जमिन भएको ठाउँमा कृषि उत्पादनमा, जडिबुटि भएको ठाउँमा जडिबुटि उत्पादनमा र पर्यटनको संभावना भएको ठाउँमा पर्यटनमा जोड दिन सकिन्थ्यो । पेट्रोल, मटितेल र ग्यासको भाउ बढ्यो भनेर बर्षेनी बिद्यार्थीले टाउको फुटाउनु पर्दैनथ्यो । बिकल्पमा स्थानीय स्तरकै उर्जाबाट दैनिकी चल्न सक्थ्यो । दैनिक रुपमा बिदेशीने युवाहरुको अवस्था ३० बर्षे युवाको जस्तो हुने थिएन् । सबै जनाले त्यो मशाने चिन्तनलाई सधैं सधंै सम्झेर आआफनो ठाउँवाट देशलाई हामिले के दियौं भनेर सोच्ने हो भने यो देश कस्तो हुन्थ्यो होला ?

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |