आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, April 22, 2014

सुधारिएको चुलो प्रयोगकर्ताहरु बढे

गोपाल रेग्मी/आहा सञ्चार
चौरजहारी

रुकुमको विजयश्वरी गाविसमा सुधारीएको चुलो प्रयोगकर्ताहरुको संख्यामा वृद्धी भएको छ । धँुवारहित स्वास्थ्यमा सुधार, दाउरा कम लाग्ने, खाना न्यानो भैईरहने भाँडा डढ्ने समस्या हटेपछि दिन प्रतिदिन सुधारीएको चुलो प्रयोगकर्ताहरको संख्यामा वृद्धि भएको हो ।

विजयश्वरी गाविस अन्तरगत वडा नम्वर ३ का घारीगाउँ, लामिछाने गाउँ वडा नम्वर ४ को नाखिरा वडा नम्वर ५ को रुकुमेगाउँ वडानम्वर ६ को स्यालखोला र वडा नम्वर को ७ टाटागाउँका १ सय ८० घरधुरीमा सुधारीएको चुलो प्रयोग भैरहेको छ ।
यसै गरी जाजरकोट जिल्लाको जगतीपुर गाविस वडा नम्वर ४ रावत गाउँका १२ र सल्यान जिल्लाको कालागाउँ गाविस वडा नम्वर ५ कोर्तिका २० गरी ३२ घरधुरीमा सुधारिएको चुलो प्रयोगमा ल्याईएको छ । मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पताल अन्तरगत सामुदायिक स्वास्थ्य कार्यक्रमको आर्थीक तथा प्राविधिक सहयोगमा सुधारिएको चुलो निर्माण कार्यको थालनी गरीएको हो ।
नेपाल सरकारले धुवाँमुक्त घर घोषणा गर्ने अभियानलाई सफल पार्ने उद्देश्यले सुधारीएको चुलो निर्माणलाई तिव्रता दिईएको कार्यक्रम संयोजक पुर्णबहादुर थापाले जानकारी दिए । परम्परागत चुलोको प्रयोगबाट धुँवाको कारण अस्पतालमा धेरै जसो दम, टि.बी ,श्वासप्रश्वास खोकी र आँखा सम्वन्धि समस्या भएका विरामीहरुको समस्या न्युनिकरणमा सुधारीएको चुलो प्रयोगले मदत पु¥याउने अस्पताल प्रशाशक डिलवहादुर गिरीले वताए ।
कम खर्चमा स्थानिय माटोको ईट्टा र फलामे छडको प्रयोगवाट १ मुखे २ मुखे र रकेट चुलो उपभोक्ताहरुले प्रयोगमा ल्याएका हुन । आगामी दिनमा सामुदायिक स्वास्थ्य कार्यक्रमले सुधारीएको चुलो प्रयोग कार्यक्रम लागुभएका गाविसका सवै वडा र कोटजहारी गाविसमा कार्यक्रम विस्तार गर्ने योजना वनाएको बताईएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |