आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, April 15, 2014

अपाङ्ग शारदालाई अमेरिकाबाट सहयोग

आहा सञ्चार
रुकुम

जिल्लाको खोलागाउ ७ कि २२ बर्षिया अपाङ्ग शारदा शर्मालाई सहयोग प्राप्त भएको छ । सँयुक्त राज्य अमेरिकाको टेक्सास स्थित एशिसटिभ एड फर नेपालको तर्फबाट गोमा तोयाराम छात्रवृति अन्र्तगत रुकुम नाँथिगाढ घर भई हाल संयँुक्त राज्य अमेरिकामा रहेका हस्त गौतम मृदुल र सरु गौतमको सँयुक्त प्रयासमा रु २२,२२२ सहयोग स्वरुप उपलब्ध गराईएको हो ।
 
 उक्त सहयोग रकम मंगलबार एक कार्यक्रमका बिच जिल्ला विकाश समिति रुकुमका योजना अधिकृत राम बहादुर शाही र त्रिभुवन जनता उमावि खलंगाका प्राचार्य मिन शहादुर पुनले सयुँक्त रुपमा हस्तान्तरण गरेका हुन । उक्त संस्थाको तर्फबाट आगामी दिनमा समेत थप सहयोग गर्ने योजना रहेको समन्वयकर्ता शुसिल खडकाले जानकारी दिए । साथै यातायातको सहजता भएमा एक थान ह्विलचेयर समेत प्रदान गर्ने खडकाले बताए । केही समय अघि उनै शारदाको अपांङ्गता सम्बन्धमा सेतोपाटीमा समाचार प्रकाशित भएपछि उनलाई देश तथा बिदेशबाट समेत सहयोग प्राप्त भईरहेको छ  । 
 
केही समय अगाढी जिल्ला अदालत रुकुमका न्यायधिश हेमन्त रावलले पाँच हजार रुपैयाँ र शैक्षिक सामग्री प्रदान गरेका थिए । जन्मजात दुवै खुटटा नचलेपछि अपाङ्ग समस्यामा परेकी शारदा घिस्रिदै दुवै हातले टेकेर मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा बिएड तेस्रो बर्षमा अध्ययनलाई निरन्तरता दिईरहेकी छिन ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |