![]() |
बालकृष्ण शर्मा |
के हामी अरुको पारदर्शिता र सुशासन खोज्ने पत्रकारले त्यो कुरामा
सोच्नुपर्छ या पदैन । तीन बर्षदेखि पत्रकार महासंघले गरेका गतिबिधि, आर्थिक
हिसाव किताव पारदर्शिता हुनुपर्छ या पर्दैन त्यो प्रश्न निवर्तमान महासंघ
पदाधिकारीलाई ?
हरेक सुचना लिने र दिने कामलाई केही थाती राखेर म राजधानीबाट जति उत्साहका साथ रुकुम पुगेको थिए तर फर्कदा आश्चार्य मान्दै गन्तब्य तय गरे । म धेरै दिन बस्ने अवस्थामा थिएन किनकी म एउटा यस्तो पेशामा आबद्ध थिए जुन जनताको प्रत्येक सेकेण्डमा सुचना पाउने अधिकार म संग थियो । अर्थात त्यो संगै जोडिएको मेरो गास बास पनि थियो राजधानीमा । जति उत्साह मेरो थियो बिगतमा भएजस्तो यो पटक नयाँ शैली गरेर देखाउने साथीहरुको प्रतिबद्धता थियो तर त्यो भएन । बिगतकै जस्तो बाटोको सिकार अरु कोही नभएर हामी नै भयौ ।
सन्दर्भ हो नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुमको चौथो महाधिबेशन । कलमजिवीको महासंघ या राजनीतिक दलको महासंघ सुरुमा त्यो बुझन मैले सकिन । नेपाल पत्रकार महासंघ केन्दीय समितिले फागुन २८ गते मध्यपश्चिमको अधिबेशनको मिति तोकेको थियो । त्यही मितिमा म लगायतका जिल्ला बाहिर रहेका साथीहरु जिल्लामा पुग्यौ । तर, २८ गते १२ बजेसम्म पनि उद्घाटनको स्थान र समय कसैलाई थाहा थिएन । त्यहाँ अर्कै खेल भैइरहेको थियो जो एकले अर्कोलाई दवाउने र होच्याउने । चुनाव पत्रकार महासंघको हो तर कलम चलाउनेका कुरा भन्दा जिल्लाका प्रमुख भनिएका दलहरुको हालीमुहालीमा सबै पत्रकार रमीते बन्नु बाहेक अर्को बिकल्प रहेन । कोही चोखो देखिएनन् नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादीका नेताहरुलाई बढी चुनाव लाग्यो । हामी कस्तो संस्कार बिकसित गदै छौ भन्ने यसमा प्रश्न उब्जाएको छ । हामी कतातिर छौ कलम चलाउनेहरुको महासंघ या राजनीतिक दलको महासंघ वा अन्य पेशाकर्मीहरुको पत्रकार महासंघ । यो चुनावले एक पटक फेरि बिगत जस्तै पत्रकारीतामा आफनो रोजिरोटी खोज्नेहरुलाई झस्काएको छ । २८ गते तोकिएको अधिबेशन २९ गते ढिलो समयमा सुरु त भयो तर जिल्लामा पत्रकारहरुको चासो राख्ने न त कोही सहभागी थिए न त जिल्लामा रहेका सबै पत्रकारहरुको जमघट नै थियो । घरछिमेकमा घाम ताप्नका लागि सहभागी भन्दा पनि कम थियो त्यो सहभागीता । नेपाल प्रेस युनियन, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघ जिल्लामा आबद्ध छन् । यहाँ मैले आफु कुनै संगठनमा छैन भन्ने खोजे भने त्यो झुटो हुन्छ किनकी म पनि आबद्ध छु ।
तर मेरो बिषय भनेको श्रमजीबीका रुपमा पत्रकारीता क्षेत्रमा मात्र आफनो पेट पाल्नेका लागि खबर संकलन गर्नेहरुका लागि भागबण्डामा बनेको पत्रकार महासंघले कति समेट्यो भन्ने कुरा हो । जिल्लामा क्रियासिल पत्रकारहरु छाता संगठनमा कति आबद्ध हुन पाए कस्ता अनुहार त्यो निकायमा पुगे र गर्नुपर्ने काम के हो त्यो बुझेका छन् या छैनन, अहिले नै बुझाउनु जरुरी छ । के हामी अरुको पारदर्शिता र सुशासन खोज्ने पत्रकारले त्यो कुरामा सोच्नुपर्छ या पदैन । तीन बर्षदेखि पत्रकार महासंघले गरेका गतिबिधि, आर्थिक हिसाव किताव पारदर्शिता हुनुपर्छ या पर्दैन त्यो प्रश्न निवर्तमान महासंघ पदाधिकारीलाई ? जिल्लामा कति पत्रकार छन कुन मिडियामा आबद्ध छन् भन्ने समेत सामान्य जानकारी महासंघमा नहुने भएपछि त्यो अधिबेशनको के महत्व भयो ? चौथो महाधिबेशन सम्म आउदा सम्म बिगतको महासंघ जस्तै बन्यो भने आखिर महासंघ बनाउनुको के अर्थ ? दुख गरेर पत्रकारीता क्षेत्रमा भर्खर प्रबेश गर्ने नयाँ साथीहरु यही बाटोमा हिड्ने हामीले सिकायौ भने भबिष्यमा पत्रकार महासंघ के होला ?
सबै पत्रकारहरुको साझा संगठन बन्नुपर्ने पत्रकार महासंघले गरेको अधिबेशन साहेद हाँस्यास्पद बाहेक केही भएन । तोकिएको समय मितिमा बखेडा झिकेर स्थगित गरिएको अधिबेशन कहाँबाट सुरु भयो र कसरी समापन गरियो त्यो अधिकांश सदस्यलाई थाहा भएन । गुपचुपमै डु्ल्दा डुल्दै र घुम्मा घुम्दै अधिबेशन गर्न मिल्छ या मिल्दैन ? केन्द्रीय प्रतिनिधि आफुखुसी भागे भन्दैमा अर्कै काममा आएका ब्यक्तीलाई छोपेर अधिबेशन उद्घाटन गर्ने एउटा अनी समापन गर्ने अर्को कस्तो नाटक अपनायौ हामीले । टाढाबाट चुनावमा सहभागी हुन पुगेका र पत्रकारीतामा बाँचिरहेकाहरुको वेवास्ता गरेरै अधिबेशन गर्नु कति उचित होला ? बजारमा सुनिदै थियो । पत्रकारहरुको अधिबेशन नै यस्तो किन ? केही पाठ अरुबाट हामीले सिक्ने या सिकाउने कि झन बिगादै जाने त्यो जिम्मा नेतृत्वमा रहेका साथीहरुमा निर्भर छ । भर्खर कति साथीहरु पत्रकारीता क्षेत्रमा कलम चलाउन भित्रनु भएको छ त्यसमा सहजिकरण गर्ने जिम्मा पत्रकार महासंघ कै हो । जिल्लामा पत्रकारीता कसरी चलेको छ कति मिडिया सन्चालमा छन् । कस्तो अवस्थामा छन् र पत्रकारीता क्षेत्रमा देखिएका समस्या र बिकृतिको बारेमा जानकारी महासंघकै भुमिका खेल्नुपर्ने छ ।
उदाहरणका रुपमा पत्रकार महासंघको कार्यालय खोलीएको रहेछ त्यो कुन अवस्थामा कसरी सञ्चालनमा छ अनि प्रत्येक प्रतिबेदनमा छलफल बहस हुनुपर्ने हो पत्रकारका समस्या सुनिनुपर्ने हो तर त्यसो भएन । राजनीतिक दलका नेताको समस्या पो सुन्नुप¥यो कस्तो बिडम्बना । चुनावमा तातिएका अनुहार पदको स्वार्थमा मात्र भुमिका खेलेका ब्यक्ती भन्दा जो अनुहार सधै पत्रकारीताको क्षेत्रमा कलम चलाउने हुन, रोजिरोटीको लागि र समाज परिवर्तनको क्षेत्रमा अव तिनिले त्यो भुमिका खेल्नुपर्नेछ जसले पत्रकारीतामा शुद्धिकरण र सुदृढीकरण गरोस जिल्लामा बिभिन्न पेशाकर्मीको पत्रकार महासंघ भन्दा नितान्त कलमजीविको पत्रकार महासंघ होस बधाई तथा शुभकामना । शर्मा हाल सगरमाथा टेलिभिजन काठमाण्डौमा कार्यरत छन ।
0 comments:
Post a Comment