आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, March 26, 2014

बिद्युत निर्माणमा ढिलासुस्ती

शेरप्रसाद ढकाल
चौरजहारी

जिल्लाको कोटजहारी नार्जीमा आयोजित कार्यक्रमका सहभागीहरुले विकास निमार्णमा ढिलासुस्ती हुने गरेको भन्दै आमसर्बसाधरण चनाखो हुनुपर्ने धारणा राखेका छन ।
    कतिपय कामका राजनैतिक दलहरुको किचलो त केहिले निर्माण कम्पनीको ढिलासुस्तीको कारण जनताको विकास निमार्णका कामले गति पाउन नसकेको भन्दै उपभोक्ता आफै चनाखो हुनुपर्ने बताएका हुन । कोटजहारीमा निर्माण कार्य शुरु गरिएको लावुरखोला लघु जलविद्युत उपभोक्ता समुहको भेलाका सहभागिहरुले विद्युत निर्माण गर्ने जिम्मा लिएको एचए हाईड्रोपावर कम्पनीको ढिलासुस्तीका कारण पनि समयमै बत्ति बल्न नसकेको गुणासो गरेका छन । ३ वर्ष अघि निर्माण कार्य शुरु गरिएको आयोजना आउदो असार मसान्त भित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता रहेको छ । प्राविधिकहरु फिल्डमा नखट्ने तथा ठोस निर्णय पनि दिन नसकेका कारण कतिपय कामहरु  दोहोरो रुपमा गर्नुपर्ने अवस्थाका सिर्जना भएको भेलामा गुनासो गरिएको थियो । ८५ किलोवाट क्षमताको विद्युत उत्पादन हुने आयोजनावाट कोटजहारी गाविसका करिव १ हजार  घरधुरी उपभोत्ताहरु लाभान्वित हुने छन् ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |