
१, अर्मा गाबिस खुल्ला दिसामुक्त भख्खरै गरिएको छ । अन्य धेरै गाबिसहरु पछि परिरहेको बेला तपाईको गाबिस कसरी अगाडि आयो ?
हो, तपाईले भनेझै यहि फागुन १५ गते हाम्रो अर्मा गाबिसलाई औपचारिक कार्यक्रमका बिच खुल्ला दिसामुक्त गाबिस घोषणा गरिएको छ । गाबिसले बिभिन्न निकायहरुको पहिलेदेखि नै सरसफाई अभियानका कार्यक्रमहरु गरिरहेको थियो । तर जिल्लाका केहि गाबिसहरु खुल्ला दिसामुक्त हुन शुरु गरेपछि हाम्रो गाबिसले पनि शौचालय निर्माणका गतिबिधिहरुलाई तिब्रता दियो । एक बर्षदेखि गाबिसलाई खुल्ला दिशामुक्त बनाउन म लगायत अर्माका आम सर्बसाधरण लागी परेका कारण यो सफल भएको हो । हाल गाबिसका ७ सय ४८ घरधुरी सबैमा आआफ्नो घरमा शौचालय छ ।
२, गाबिसको सरसफाई अभियानमा सरोकारवाला निकाय र आम सर्बसाधरणहरुको भुमिका वा सहयोग कस्तो पाउनुभयो ?
सरसफाई अभियानको कुरामा त सरोकारवाला निकाय र आम सर्बसाधरणहरुले निकै सहयोग गरेका छन । यदि उनीहरुको सहयोग हुदैन्थ्यो भने म गाबिस सचिबले मात्र गरेर केहि हुनेवाला थिएन । सर्ब प्रथम त म खानेपानी तथा सरसफाई कार्यालय, जिल्ला बिकास समिति र वडा नागरिक मञ्चको सहयोग भुल्न सकिदैन । त्यसैगरी राजनैतिक दल तथा आम नागरिकको पनि सकारात्मक भुमिका थियो ।
३, आम सर्बसाधरणहरुलाई शौचालय निर्माण तथा सचेनाका लागी दुःख गर्नु परेन ?
सुरुसुरुमा त जनताहरुलाई तपाईहरु बुझाउन गरो नै भयो । त्यहि मात्र हाईन गाबिसको सेवा सुबिधा रोकेर भएपनि केहि समय अभियान चलाईयो । पछिपछि बिस्तारै अभियान सफलतातिर गएको हो ।
४, गाविस खुल्ला दिसामुक्त भैसक्यो, अब कसरी अगाडि बढ्नुहुन्छ ?
सम्पुर्ण सरसफाई अभियान पुरा भएको होईन, एउटा औपचारिकता र घोषणा कार्यक्रम मात्र सकियो । अब झनै यसमा लाग्नुपर्ने अबस्था देखिन्छ । अब हाम्रो काम पुर्ण सरसफाई तिर हो । त्यो भनेको शौचालय निर्माण काम सकियो तर प्रयोग गर्न निरन्तरता, शौचालय प्रयोग गरेपछि साबुनपानीले हातधुने लगाउने लगायतका सरसफाईका अभियानका कामको पालो आएको छ । गाबिस खुला दिसामुक्त घोषणा गरेपछि काम सकियो भनेर बस्ने कुरा नै आउदैन । त्यसलाई सार्थक बनाउन निरन्तरता हुनैपर्छ । त्यस्तै शौचालय नियमित प्रयोग गर्दा पानीको समस्या हुने गाउँहरुमा खानेपानी आयोजनाहरुको निर्माणमा पनि केन्द्रित हुन्छौ । त्यसका साथै अन्य गाबिसको सरसफाई गर्ने कुरामा त क्रियासिल हुन्छौ नै ।
0 comments:
Post a Comment