आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, March 9, 2014

छिबाङ गाबिस पनि खुल्ला दिसामुक्त

आहा सञ्चार
रुकुम

जिल्लाका १५ गाबिसहरु खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको छ । सदरमुकाम नजिकैको छिवाङ्ग गाविसलाई पनि खुला दिसामुक्त गाविस घोषणा गरिएसगै जिल्लाको सरसफाई अभियान पनि सफलतातिर गएको छ ।
घर घरमा चर्पी गाविस छिवाङको पहिचान, खुल्ला दिशामुक्त गर्नु हामि सबैको अभियान भन्ने मुल नाराका साथ महेन्द्र उच्च मावि छिवाङ्ग चौतारामा आयोजित कार्यक्रममा जिल्ला विकास समितिका सुचना तथा कार्यक्रम अधिकृत चिन्तामणी दाहाल र पुर्व सभासद् बिमला केसीले सयुक्त रुपमा ब्यानर खोलेर गाविसलाई खुला दिसामुक्त घोषणा गरेका हुन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला विकास समितिका कार्यक्रम अधिकृत चिन्तामणी दाहालले जिल्लाको सरसफाई अभियान सफलताको नजिक पुगेको बताउदै सबैको सहयोग भए निर्धारित समयमै सरसफाई अभियान सफल हुने विश्वास ब्यक्त गरे  । प्रमुख अतिथि दाहालले गाविसलाई खुला दिसामुक्त घोषणा गर्न समयमै सफल भए बापत जिल्ला विकास समितिको तर्फबाट पचास हजार पुरस्कार दिने समेत घोषणा गरे । त्यस्तै कार्यक्रममा सहभागी पुर्व सभासद् विमला केसीले निर्माण गरेका शौचालय प्रयोग भए नभएको वारेमा गाविस स्थित राजनैतिक दल र सरोकारवाला निकायले निरन्तर अनुगमन गर्नुपर्नेमा जोड दिईन ।
 गाविसमा रहेका ११ सय ५३ घरहरुमा शौचालय निर्माण लगायत आवश्यक सरसफाईका काम सम्पन्न भएपछि गाबिसलाई औपचारिक रुपमा खुला दिसामुक्त घोषणा गरिएको गाविस सचिव लोकवहादुर खत्रीले बताए । ४३ गाबिस रहेको जिल्लालाई आउदो जेष्ठ २२ गते जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्ने जिल्ला सरसफाई सम्मेलनको लक्ष्य राखिएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |