आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, March 26, 2014

ज्ञानदेखि प्रेम सिकाउने पुस्तक

आहा सञ्चार
रुकुम


कुनै पनि मानिसको दिमागमा ज्ञानगुणका कुरा आफै आउदैनन् ।  समसामयिक तथा सैदान्तिक ज्ञान लिन तपाई हामी जो कसैले पनि शैक्षिक संस्थामा अध्ययन या कुनै महत्वपुर्ण किताब र सामाग्री बढ्नै पर्ने हुन्छ ।

    मानब जीवनमा शिक्षकले पढाएको ज्ञानसिपले मात्र पुग्दैन, त्यो सगै हामीले ज्ञानमुलक तथा चासोको पुस्तकहरु पनि अनिबार्य बढ्नुपर्छ । बजारमा बिक्रिका लागी आएका सबै पुस्तकहरु ज्ञानमुलक तथा चासोकै हुन्छन भन्ने हुदैन पाठक आफैले छान्नुपर्छ । यस्तै ज्ञानमुलक तथा चासोको बिषय समेटिएको पुस्तक मध्य एउटा साझा ज्ञानमाला पनि हो । रुकुमका युवा पत्रकार तथा लेखक दिपकसंगम थापाले केहि आफैले लेखेको तथा केहि बिभिन्न क्षेत्रबाट संकलन गरेका सामाग्रीहरु समेटिएको पुस्तक हाल बजारमा उपलब्ध छ ।

    एक सय पचास रुपैयाँ मुल्य  रहेको साझा ज्ञानमालाको पछेल्लो यो तेस्रो संस्करण हो । यसपटक पनि १० हजार बढी माग भएको दाबी गरिएको उक्त पुस्तकमा सधै र सबैका लागी महत्वपुर्ण र चासोको बिषयहरु समेटिएको बताईएको छ । पुस्तकमा ज्ञान, बिज्ञान, प्रबिधी, प्रेम, जीवन, पत्रकारिता लगायतका अन्य महत्वपुर्ण १ सय ५० बढी सामाग्रीहरु समेटिएको छ । लेखक थापाका अनुसार किताब बिक्रिबाट आएको रुपैयाँ आफ्नो आम्दानीको रुपमा मात्र नलिएर जेहेन्दार बिद्यार्थीहरुको सहयोग अभियानमा ईट्टा थपिने छ ।
    केहि समय अघि साझा ज्ञानमाला बिक्रिबाट आएको पैसाबाट जिल्लाका ४ दर्जन बढी गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई सहयोग गरेका थिए । (थप माथी पुस्तकको कभर हेर्नुहोस)

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |