शेर प्रसाद ढकाल
चौरजहारी
रुकुमको चौरजहारीमा आयोजित आँखा उपचार सम्वन्धि २ दिने निशुल्क शिविरमा ५सय ३६ जनाको आँखा परीक्षण गर्नुका साथै १ सय ४ जनाको अप्रेशन गरिएको छ । राप्ती आँखा अस्पताल दाङको आर्थिक तथा प्राविधिक सहयोग र चौरजहारी अस्पतालको व्यवस्थापनमा शिविर संचालन गरिएको हो । ग्रामीण क्षेत्रमा आँखा सम्वन्धि समस्या भएका विरामीहरुलाई सहजै सेवा प्रदान गर्ने उद्देश्यले आयोजित शिविरमा आँखा जाँच, अप्रेशन तथा आवश्यक परामर्श दिइएको थियो ।

चश्मा प्रयोग गर्नुपर्ने आँखाका रोगीहरुलाई सहुलियत दरमा ८० जनालाई चश्मा पनि प्रदान गरिएको आयोजकले जानकारी दिएको छ । विहिवारदेखि शुरु भएको शिविरबाट रुकुमका साथै छिमेकी जिल्ला सल्यान र जाजरकोटका आँखा सम्वन्धि समस्या विरामीहरुले फाईदा लिएका छन् । शिविरमा राप्ती आँखा अस्पताल दाङका डाक्टर शंकर खनालको प्रत्यक्ष संलग्नतामा आँखाका विरामीहरुको अप्रेशन गरिएको चौरजहारी अस्पतालका सामुदायिक स्वास्थ्य कार्यक्रम संयोजक पूर्ण थापाले जानकारी दिए ।
शिविरमा आँखा जाँच तथा अप्रेशनका लागि मुख्य डाक्टरका साथै अन्य १३ जना स्वास्थ्य कर्मीहरुको टोली खटिएको थियो ।
0 comments:
Post a Comment