आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, March 19, 2014

वन महासंघ रुकुमको अध्यक्षमा चन्द

वीरवहादुर मल्ल
चैत्र ५, रुकुम

सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ रुकुमको अध्यक्ष सुर्यकिरण चन्द निर्वाचित हुनुभएको छ । सदरमुकाम खलंगामा सम्पन्न तेश्रो जिल्ला अधिवेशनबाट चन्द अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागी भएको मतदानमा प्रतिद्धन्द्धी डण्डी कार्कीलाई पराजित गर्दै चन्द अध्यक्षमा निर्वाचित हुनुभएको छ । जम्मा ४३ जनाले मतदान गरेकोमा सुर्यकिरण चन्दले २७ मत र डण्डी कार्कीले १५ मत प्राप्त गर्नुभएको छ भने एक मत रद्ध भएको छ । यसअघिको दोश्रो जिल्ला अधिवेशनबाट उपाध्यक्ष वन्नुभएकी कार्कीले अध्यक्षको राजिनामा पछि अध्यक्षको रुपमा काम गर्दै आउनुभएको थियो भने सुर्यकिरण चन्द महासचिवको पदमा रही काम गर्दै आउनुभएको थियो ।

सर्वसम्वत रुपमा नेतृत्व चयनमा सहमति वन्न नसकेपछि मतदान प्रकृयाबाट अध्यक्ष चयन गरिएको आयोजक सामुदायिक वन महासंघ रुकुमले जानकारी दिएको छ । अन्य पदहरुमा भने सर्वसम्वत रुपमा चयन गरिएको छ । २३ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा पहलसिंह घर्तिमगर, महासचिव गौरी खत्री, सचिव धनकुमार शाही र कोषाध्यक्षमा विष्णु देवकोटा निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेशनको मंगलवारे महासंघका केन्द्रीय उपाध्यक्ष भिम प्रकाश खड्काले विरुवामा पानी हालेर उद्घाटन गर्नुभएको थियो ।

वन्द शत्रले सांगठनिक प्रतिवेदन पारित गरेको छ भने वन्द शत्रमा पेश गरिएको आर्थिक प्रतिवेदन पारदर्शी नभएको भन्दै आवाज उठेपछि छानविन समिति गठन गरेको छ । संस्थापक अध्यक्ष दलवहादुर रेउलेको अध्यक्षतामा गठन भएको ३ सदस्यीय छानविन समितिले एक महिना भित्र पारदर्शी रुपमा प्रतिवेदन ल्याउने वताइएको छ । २ दिनसम्म चलेको अधिवेशनमा १८ जना पर्यवेक्षक र ४३ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । रुकुम जिल्लाका करिव ३ सय ७६ वटा सामुदायिक वन उपभोक्ता समितिहरु सामुदायिक वन महासंघ (फेकोफन) रुकुममा आवद्ध छन् ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |