प्रकाश ओली
रुकुमकोट
जिल्लालाई २०७१ साल जेठ २२ गते खुला दिसनमुक्त जिल्ला घोषणा गर्ने लक्ष्य अनुसार रुकुमकोट गाविसलाई पनि यहि चैत २० गते खुल्लादिशा मुक्त गाविस घोषणा गरिने भएको छ ।
शनिबार गाविस कार्यालय रुकुमकोटको आयोजनामा बसेको एक भेलाले गाविसमा ९५ प्रतिशत सौचालय निर्माण भइसकेको र बाँकि ५ प्रतिशत निर्मानाधिन रहेकोले २० गते भित्र दिसामुक्त गाविस घोषण गर्ने निर्णय गरेको हो । गाविस सचिव विरेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले चैत १७ गते जिविस मार्फत अनुगमनको लागि अनुरोध गर्ने निर्णय गरेको छ । त्यस अघि अनुगनको लागि नागरिक मञ्चहरुको नेतृत्वामा ९ वटा अनुगमन समिति गठन गरी शौचालय बनाएर प्रयोग गरे नगरेको अनुगमन गर्ने, प्रयोग नगरेकालाई प्रयोग गर्ने सल्लाह दिने र यदि प्रयोग नगरी अटेर गरेमा राज्यबाट पाउने सेवा सुविधा बन्देज गर्ने लागयतका निर्णय पनि गरेको छ । त्यस्तै बैठकले गाविसलाई २१ गते छुवाछुत मुक्त गाविस घोषण गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा जिल्ला विकास समितिका कार्यक्रम अधिकृत चिन्तामणी दाहाल, विभिन्न पार्टीका प्रतिनिधि लगायत सरोकारवालहरुको उपस्थिति रहेको थियो ।

0 comments:
Post a Comment