आहा सञ्चार
रुकुम
जिल्ला विकास समिति रुकुमको गणतन्त्र स्थापना पछिको सातौं जिल्ला परिषद्बाट आर्थिक बर्ष २०७१÷७२ का लागि २ अर्ब २४ करोड ८९ लाख १७ हजार बराबरको बजेट बिनियोजन भएको छ । सोमबार (फागुन २६) सम्पन्न परिषदले चालु खर्च ८९ करोड १० लाख २० हजार र पुजिगत खर्च तर्फ १ अर्ब ३५ करोड ७८ लाख ९७ हजार बजेट पारित गरेको छ ।
जसमा १ अर्ब ८५ करोड ३९ लाख ९६ हजार सरकारी र ३७ करोड ४९ लाख २१ हजार गैरसरकारी कार्यालयको बजेट रहेको छ । गत आर्थिक बर्षको भन्दा यस आर्थिक बर्षको बजेट बढी हो । गत आर्थिक बर्षमा १ अर्ब ७४ करोड २८ लाख ८४ हजार बिनियोजन गरेको थियो । यस बर्षको जिल्ला परिषद्ले सडक यातयात, कृषि र पर्यटनलाई बढी प्राथामिकता दिएको छ ।
त्यसैगरी शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाईलाई, बिद्युत, खाद्य सुरक्षा, बन वाताबरण लगायतका क्षेत्रलाई पनि प्राथमिकता दिएको छ । जसमा दुई जिल्ला जोड्ने सडक, जिल्ला सदरमुकामबाट गाबिस भवन सम्म पुग्ने सडक सगै अन्य सडक संजालको बिस्तार गर्दै सबै गाबिसमा सडक पु¥याउने लक्ष राखिएको छ । त्यसैगरी निर्बाहमुखि कृषि प्रणालीलाई एकिकृत र व्यवसायिक कृषि प्रणाली तर्फ उन्मुख गर्दै खाद्यान्न समस्या हुन नदिने, ग्रामिण पर्यटनको विकास गर्दै रुकुम हुदै डोल्पा जाने टूकिङ रुट, ढोरपाटन रुट, गुरिल्ला टूेक र भेरी नदिमा ¥याफ्टीङ संचालनलाई प्रर्बधन गर्न जोड दिईने छ । त्यस्तै स्वास्थ्य तर्फ जिल्ला अस्पतालको शैया बिस्तार सगै सबै गाबिसहरुमा बर्थिङ सेन्टर स्थापना गर्ने निति लगिएको छ ।
रुकुम जिल्ला जडिबुटिको प्रचुर संभावना रहेका कारण उत्पादन, संकलन तथा थप बजारीकरणको लक्ष लिदै झुल्नेटा बजारमा जडिबुटि प्रशोधन केन्द्र संचालन गरिने छ । स्थानिय विकास अधिकारी भरतकुमार शर्माले प्रस्तुत गरेको निति तथा कार्यक्रममा राजनैतिक दलका प्रतिनिधीहरुले केहि अझै थप्नुपर्ने सुझाब दिएका थिए ।
सहरी विकास मन्त्री डा.नारायण खड्काले उद्घाटन गरेको परिषद उद्घाटन कार्यक्रममा एकीकृत नेकपा माओवादीका नेता एवं सभासद जनार्दश शर्मा, सभासद गणेशमान पुन, सभासद दलिजित श्रीपाली, मिठु मल्ल लगायत पुर्ब राज्य मन्त्री तथा संसादहरुको पनि सहभागीता रहेको थियो ।

2:13:00 AM
www.aahasanchar.com

0 comments:
Post a Comment