
रुकुम
जिल्ला प्रशासन कार्यालय रुकुमले जिल्ला सदरमुकाम मुसिकोट खलंगा बजारमा अनुगमनलाई तिब्रता दिएको छ । बिषेश गरी दैनिक जीवनयापनका लागी आबश्यक खाद्यान्न सामाग्रीमा कृतिम अभाब तथा मनोमानी मुल्य लिएको भन्ने सर्बसाधरणहरुको गुणासोको आधारमा अनुगमणलाई तिब्रता दिईएको हो ।
पहिलो चरणमा जिल्लाका होटल, मदिरा र खाद्यान्न लयातका पसलहरुमा अनुगमनको शुरुवात गरिएको छ । आईतबारदेखि शुरु भएको अनुगमन कार्यले खलंगाका दुई दर्जन खाद्यान्न, मदिरा पसल तथा होटलहरुमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भुपेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार आगामी दिनहरुमा पनि क्रमस जिल्लाका मेडिकल तथा गैरखाद्य पसलहरुमा पनि अनुगमन गरिने छ । हाल अनुगमनका क्रममा केही पसलबाट म्याद नाघेका वस्तु तथा लोकल रक्सी रहेकोले बरामत समेत गरेको छ ।
त्यस्तै पसलहरुमा मुल्य सुची, साइनवोर्ड, व्यवसाय दर्ता नविकरण, नापतौलका प्रमाण, समानको लेवल, स्थायी लेखा नम्बर, विल लगायतका प्रमाण तथा कार्यहरु नभएको तत्काल ब्यबस्था गर्न अनुरोध पत्र काटेको छ । जिल्लामा ब्यवसायीहरुले एक प्रकारको ब्यबसाय दर्ता गर्ने तर ब्यबसाय अर्को तथा धेरै गर्ने पनि भेटिएको छ ।
0 comments:
Post a Comment