आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, February 18, 2014

तीन बालबालिकाको बिचल्ली

सर्मपन गाउँले
नुवाकोट


रुकुम नुवाकोट ८ नाख्लाका तीन बालकालिकाहरुको बिचल्ली भएको छ । आमाबुवा दुबैको मृत्यु भएपछि तिन बालकालकाहरुको बिचल्ली भएको हो । अहिले १६ बर्षका बिमला ओली, १४ बर्षका लुल्सीराम र १० बर्षमा प्रेम घरमा अभिभाबक बिहिन छन ।
    यहि जेठमा उनीहरुका बुवा भिमलाल र आमा पबित्रा घर नजिकै मृत अबस्थाम फेला परेका थिए । आमाबुवा नहुँदा अहिले आफुहरुको  जीवनयापन धौधौ परिरहेको उनीहरुले बताएका छन । ‘स्कुल अरुको घरमा काम गरेर जानुपर्छ, त्यो पनि सधै जान सकिदैन’ बिमलले भनिन्, ‘स्कुल गएर मात्र के गर्ने हामीलाई साँझ बिहानको छाक टार्न त धौधौ छ, कापी कलम किन्ने त परेको कुरा ।’ उनीहरुका अनुसार आमाबुवाको मृत्यु पछि समाजले हेर्ने दृष्टिकोण पनि फेरीएको छ ।
    अभिभाबक बिना दिनरात रहने कुरा देखि भाबी भबिश्यको बिषयमा पनि निकै चिन्तीत छन उनीहरु । ‘यस्तै अबस्था हो भने हाम्रो भबिश्य त अन्योल हुने भयो’ बिमलाले आँसु झार्दै फेरी थपिन् ‘यो देशमा हामी जस्ता दुखिलाई हेर्ने पनि त कोहि होलान नी, हामी त्यसैको प्रतिक्षा गरिरहेका छौ ।’

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |