आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, February 7, 2014

झाडापखालाको कारण एक बृद्धको मृत्यु

गणेश खनाल
मग्मा,रुकुम २४ माघ


झाडापखालाका कारण रुकुममा १ बृद्धको मृत्यु भएको छ । मग्मा ९ नदुवाका ६५ बर्षिय श्री कुसारीको झाडापखालका कारण मृत्यु भएको हो ।

बुधबार बाट बिरामी भएका कुसारीको लगातारको पखालापछि मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् । आफन्तका अनुसार उपचारको लागि स्वास्थ्य संस्था पु¥याउन नपाई कुसारीको मृत्यु भएको हो । त्यस्तै त्यस क्षेत्रका बालबालीकामा पनि झाडापखालाको समस्या  देखिरहेको छ । केही समय अघि देखिएको झाडापखालाबाट प्रभावित केहि बालबालीकाको उपचार भएको छ भने केही उपचाररत छन् ।

रुकुमका यसअघि झाडापखालाबाट ४ बालकको मृत्यु भएको भएपनि अन्य उमेर समुहका मानिसहरुको मृत्यु भएको थिएन ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |