आहा सञ्चार
रुकुम
जिल्लाका व्यवसायिक विकास सम्भावना र चुनौति विषयक अन्तरक्रिया तथा व्यवसायिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्दीराज ढकालको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा रुकुम जिल्लाको व्यवसायिक सम्भावना र चुनौति बारे छलफल गरिएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदिप जंग पाण्डे, पूर्वान्चल क्षेत्रिय अध्यक्ष किशोर प्रधान, केन्द्रिय सदस्य एंव राप्ती अन्चल प्रतिनिधि धु्रवराज श्रेष्ठ, केन्द्रिय सदस्य कृष्ण आचार्य, स्यांजा उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र श्रेष्ठ, रुकुमका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे, स्थानिय विकास अधिकारी भरत कुमार शर्मा, गणपति प्रशान्त विक्रम राणा, प्रहरी प्रमुख बिनय कुमार झा लगायत जिल्ला स्थित विभिन्न व्यवसायीहरुको सहभागगिता रहेको थियो ।
रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त पुनको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष प्रमेश्वर भण्डारीको स्वागत मन्तब्य तथा उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष दिपकराज खडकाले व्यवसायिक अवस्थाबारे जानकारी गराएका थिए । कार्यक्रमको संचालन पत्रकार दिनेश खड्काले गरेको उद्योग वाणिज्य संघका कर्मचारी ओमकार बुढाले जानकारी दिए ।
0 comments:
Post a Comment