आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, February 6, 2014

नागरिक प्रहरी अन्र्तक्रिया कार्यक्रम सम्पन्न

आहा सञ्चार
रुकुम

सामुदायिक सेवा केन्द्र रुकुमको आयोजनामा बिहिबार  साँख ३ झुलखेतमा नागरिक प्रहरी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्र रुकुमका अध्यक्ष महेन्द्र के सी। को अध्यक्षता र जिल्ला प्रहरी कार्यलय रुकुमका प्रहरी नायव उपरीक्षक विनयकुमार झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव ताराप्रसाद ओलीले गरेका थिए । नेपाल प्रहरी का काम कारवाही एवं क्रियाकलाप प्रति नागरिकको गुनासा र प्रतिक्रियाहरु प्राप्त गरी समस्या समाधानको पहल गर्ने र नागरिक र प्रहरी वीचको आपसी सम्बन्ध प्रगाढ बनाई अपराध नियन्त्रण र सामाजिक विकृति न्युनिकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सचिव ताराप्रसाद ओलीले जानकारी दिए । कार्यक्रममा स्थानीय वासिन्दाहरुले प्रहरीको भुमिकाको प्रशंसा गर्दै झुलखेतस्थित अस्थायी प्रहरी चौकीलाई स्थायी गर्न, घरेलु हिंसा न्युनिकरण गर्न र नागरिकका गुनासाहरुको सम्वोधन गर्न माग गरेका थिए । कार्यक्रममा वोल्दै प्रहरी नायव उपरीक्षक विनयकुमार झाले राजनैतिक दवाव र प्रभाव बाट मुक्त भएर निष्पक्ष र स्वतन्त्र ढंगले कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नागरिक र प्रहरी विचको सम्वन्धको महत्वबारे प्रकाश पार्दै पदीय आचरण, पेशागत मर्यादा र आचारसंहिता विपरीत कार्य गर्ने जो सुकै प्रहरी कर्मचारीलाई पनि कारवाही गर्ने कुरा उल्लेख गरे । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष कर्णबहादुर ओलीले स्वागत मन्तव्य र अस्थायी प्रहरी चौकी झुलखेत का प्रहरी इन्चार्ज दिनेश विष्ट ले प्रहरी चौकीको काम कारवाही र अवस्थाबारे प्रकाश पारेका थिए । यसैवीच सामुदायिक सेवा केन्द्र रुकुमको आयोजनामा वाल कल्याण उच्च माध्यमिक विद्यालय झुलखेतमा लागु औषध न्युनिकरण, यसबाट पर्ने प्रभाव र सजायका बारेमा स्कुल सम्पर्क कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक विनयकुमार झाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रशिक्षण दिएका हुन ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |