आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, February 25, 2014

‘२३ गते छिबाङ खुला दिसामुक्त हुन्छ’

लोक बहादुर खत्री
अहिले जिल्लाभर खुला दिसामुक्त गर्ने अभियान चलिरहेको छ । जेठ २२ गते जिल्लालाई र चैत्र १५ गतेभित्र सबै गाबिसहरुलाई खुला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता सम्बन्धीत निकायहरुले यसअघि नै जनाईसकेका छन । यस अभियान अन्तरगत छिबाङ गाबिसको सरसफाई अभियानका बारेमा गाबिस सचिब लोक बहादुर खत्री संग आहा सञ्चार साप्ताहिकका सम्पादक मेगराज खड्काले गरेको कुराकानी ।
१, छिबाङमा अहिले खुला दिसामुक्त गर्ने अभियान कहाँ सम्म पुग्यो ?
हाम्रो गाबिसमा खुला दिसामुक्त गर्ने अभियान अन्तिम चरणमा पुगेको छ । गाबिसमा रहेका ११ सय ५३ घरधुरी मध्य २÷४ घर बाहेक अरु सबैको घरमा शौचालय निर्माण भैसकेको अबस्था छ । २०६८ सालदेखि शुरु भएको खुला दिसामुक्त गर्ने अभियान यहि फागुन ५ गते गाबिस स्तरीय सरसफाई सम्मेलन मार्फत ठोस निति र लक्ष बनेको छ । गाबिस स्थित राजनैतिक दल, सर्बसाधरण सहित सरोकारवाला निकायहरुको सहभागी रहेको उक्त सम्मेलनबाट खुला दिसामुक्त गर्ने मिति तय भैसकेको छ । यहि फागुन २३ मा छिबाङ गाबिस पनि खुला दिसामुक्त घोषणा हुन्छ ।
२, फागुन २३ मा गाबिस खुला दिसामुक्त घोषणा गर्ने थप आधार के छ ?
फागुन २२ मा हाम्रो गाबिस खुला दिसामुक्त घोषणा हुने आधारको कुरा गर्दा त प्रस्टै छ नी गाबिस स्तरीय सरसफाई सम्मेलनको निर्णय । हामीले गरेको एक चरणको अध्ययनले पनि अर्को आधार हो ।  त्यस्तै सबै वडाका प्रतिनिधी, राजनैतिक दल, सरोकारवाला निकाय तथा सर्बसाधारणहरुले त्यो मिति कसैको दबाब नभई आफै तोकेका हुन, त्यसैले शंका नै छैन ।
३, तपाईहरु भन्दा हाम्रो गाबिस अन्तिम चरणमा पुगेको छ भनेर बताउनुहुन्छ । तर गाउमा गएर हेर्ने हो भने धेरै घरहरुमा सौचालय नभएको र भएको भएपनि प्रयोग नगर्नेहरु धेरै छन भनिन्छ नी, यसलाई कसरी लिनुहुन्छ ?
यसमा हामी पनि सचेत छौ । त्यसै कारणले खुला दिसामुक्त घोषणा गर्नुअघि हामीले सबै घरधुरीमा अनुगमन गर्ने लक्ष अनुसार अनुगमन पनि अन्तिम चरणमा पुगेको छ । एक दुई ओटा गाउँ बाहेक अरु सबै गाउँमा गाबिस तथा वडा स्तरीय अनुगमन सञ्जाल बनाएर अनुगमन गरिसकेका छौ । अनुगमनका क्रममा कुल घरधुरी मध्य एक दुई ओटा मात्र शौचालय नभएका घरधुरी पनि नभेटिएको त होईन । त्यसमा अशक्त घरपरिवार छन । त्यसलाई गाबिस तथा अन्य सरोकार राख्ने निकायहरुको सहयोग मार्फत तत्काल सौचालय निर्माण गरिदिने तयारीमा छौ, त्यसपछि सौचालयको समस्या हट्छ । प्रयोग गर्ने, नगर्ने कुरामा, यसमा केहि समस्या नभएको त होईन तर हामीले गरेको र गर्ने सचेतनाका कार्यक्रमले त्यो समस्या पनि समाधान हुन्छ  ।
४, रुकुमका पनि धेरै गाबिसहरु खुल्ला दिसामुक्त भैसकेका छन । छिवाङ कसरी पछि प¥यो ?
हाम्रो गाबिस पनि यो अभियानमा धेरै पछि परेको जस्तो त लागेको छैन । हामी ठिकै समय र स्थानमा छौ जस्तो लागेको छ । घोषणा गर्ने हतार गरेर प्रभाबकारी नहुनुभन्दा ढिलै गरेर भएपनि प्रभाबकारी भयो भने नै राम्रो होला । हाम्रो गाबिस भन्दा धेरै पछि परेका गाबिसहरु पनि त छन नी । तर सौचालय निर्माणको सचेतना सबै गाउँमा फैलाउने चुनौति हाम्रो सामु बलियो रहेका कारण केहि ढिला भने भएकै हो ।
५, अन्तमा, अब गाबिसलाई खुला दिसामुक्त घोषणा भएपछि हाईसन्चो भयो भनेर अभियानलाई रोक्ने की थप केहि पहल थाल्नुहुन्छ ?
हैन, गाबिस खुला दिसामुक्त घोषणा गरेपछि काम सकियो भनेर बस्ने कुरा नै आउदैन । हामी त्यसपछि पनि निरन्तर पुर्ण सरसफाई अभियानमा निरन्तर नै खटिन्छौ ।  त्यसलाई सार्थक बनाउन हामीले एउटा उपयुक्त ठाउँमा सार्बजनिक सौचालय पनि बनाउने लक्ष पनि राखेका छौ । त्यस्तै सौचालय नियमित प्रयोग गर्दा पानीको समस्या हुने गाउँहरुमा खानेपानी आयोजनाहरुको निर्माणमा पनि केन्द्रित हुन्छौ । त्यसका साथै अन्य गाबिसको सरसफाई गर्ने कुरामा त क्रियासिल हुन्छौ नै ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |