
रुकुम
प्रमुख जिल्ला अधिकारी भबिश्वर पाण्डेले जिल्लामा शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासन सक्रिय रहेको बताएका छन । जिल्लामा कसैले आफुलाई असुरक्षित भएको महसुश गर्ने अवस्था अहिलेसम्म नरहेको स्पष्ट पार्दै र कतैबाट भएमा पनि त्यसको तत्काल स्थानीय प्रशासनलाई जानकारी गराउन अनुरोध गरेका हुन ।
जिल्ला सदरमुकाम खलंगामा सोमबार स्थानीय प्रशासन र पत्रकारहरु बिच जिल्लाको शान्ति सुरक्षाको विषयमा भएको छलफल यस्तो कुरा बताएका हुन । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अनुसन्धान कार्यालय र जिल्लामा क्रियाशिल पत्रकारहरुविचमा शान्ति सुरक्षाको विषयमा छलफल भएको हो । ‘नागरिकलाई सुरक्षा दिन कुनै पनि कसर बाँकी नखिदैन, अवको दिनमा अझै शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासन सवैसंग सहकार्य गरेर जान्छ’ प्रजिअ पाण्डेले भने । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक बिनयकुमार झाले आफ्नो कार्यकालमा प्रहरीको सेवालाई स्वच्छ र व्यवसायिक बनाउनुपर्ने भन्दै प्रहरीमा सेवा भावको विकास गराउने जानकारी गराउनु बताए ।
प्रहरी नायव उपरिक्षक झाले नागरिक र प्रहरीको सम्वन्ध कायम गरी नागरिकबाट नै सुझाव संकलन गरेर सेवा प्रदान गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा पत्रकारहरुले जिल्लाको शान्ति सुरक्षा कायम राख्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने र स्थानीय प्रहरी प्रशासनले पनि पत्रकारहरुसंग सहकार्य गर्नुपर्ने धारणा तथा सुझाब राखेका थिए ।
0 comments:
Post a Comment