रुकुम
पुरानै कृषि प्रणाली गर्दै आएका दुर्गम गाविसका कृषकहरु पनि तरकारी खेती तर्फ आर्कषित भएका छन । जिल्लाको गोतामकोट, आठबिसकोट, आठबिसडाँडागाउ, लगाएत गाविसका स्थानीय कृषकहरु तरकारी खेतीमा लागेका हुन । गोतामकोट ७ का स्थानीय कृषक जाउन्ते खत्रीले तरकारी खेतीमा जाँगर पलाएको बताए ।
‘शुरुमा आफुहरु पुरानै खेतीपाती गरिरहेको थियौ, तर तरकारी खेती सम्बन्धी तालिम पश्चात हामी यसतर्फ लाग्यौ’ उनले भने । अहिले उनको बारीमा बिभिन्न प्रकारका सागसब्जीहरु रहेका छन । उनि मात्र होईन आठबिसडाँडागाउ ९ होलीका धनसिङ्गे खत्रीले पनि गाउँका कृषकलाई कृषि सम्बन्धि तालिम पछि गाउँलेहरु तरकारी खेतीमा जुटेको बताए । उनीहरुका अनुसार तरकारी कृषकहरुलाई लक्षितगरी सिंचाई नहर समेत निर्माण हुदै छ । त्यस क्षेत्रमा सामुदायिक सिंचाई आयोजना (सिआईपि) ले कृषकहरुको क्षमताबृद्धिका लागी तालिम तथा तरकारी खेतीका लागी आबश्यक सिंचाई सुबिधा बिस्तारमा सहयोग गर्दै आएको असिस्टेन्ट सव ईन्जिनियर रुद्रगोपाल डाँगीले जानकारी दिए ।
उनका अनुसार यस संस्थाको तालिम, तरकारी बिउ बितरण तथा सिंचाई सुबिधा बिस्तारका कार्यक्रमहरु संचालन भएपछि कृषकहरु यसरी तरकारी खेतीमा आर्कषित भएका हुन । यस परियोजना अन्तरगत जिल्लाका ४ बटा ईलाका छनौट गरी सिंचाई निर्माणको कामलाई अगाडि बढाएको छ । हाल दश नम्बर ईलाकामा सिंचाई निर्माणको काम सुरु भईरहेको बताईएको छ ।
0 comments:
Post a Comment