आहा सञ्चार
रुकुम
‘सनस्टार’ युवा क्लव रोल्पाको दोश्रो र पत्रिकाको पहिलो वार्षिक उत्सवका अवसरमा मैत्रीपूर्ण फुटबलको आयोजना गरिएको छ । यही २०७० साल फागुनको ५ देखि ८ गतेसम्म क्लवको वार्षिक उत्सव र सनस्टार राष्ट्रिय साप्ताहिक रोल्पाको पहिलो वार्षिक उत्सवको उद्घाटनमा उक्त मैत्रीपूर्ण फुटबलको आयोजना गरेको हो ।
रुकुम
‘सनस्टार’ युवा क्लव रोल्पाको दोश्रो र पत्रिकाको पहिलो वार्षिक उत्सवका अवसरमा मैत्रीपूर्ण फुटबलको आयोजना गरिएको छ । यही २०७० साल फागुनको ५ देखि ८ गतेसम्म क्लवको वार्षिक उत्सव र सनस्टार राष्ट्रिय साप्ताहिक रोल्पाको पहिलो वार्षिक उत्सवको उद्घाटनमा उक्त मैत्रीपूर्ण फुटबलको आयोजना गरेको हो ।
रोल्पाको लिबाङस्थित क्लवको आफ्नै कार्यालयमा पत्रकार भेटघाटका क्रममा क्लवका अध्यक्ष पूर्ण केसीले वार्षिक उत्सवका लागि भएका विभिन्न निर्णय सार्वजनिक गर्दै उक्त कुरा बताउनुभएको हो । क्लवले वार्षिक उत्सवको अवसरमा जिल्लाका पत्रकार र साहित्यकारको एक समूह र कार्यालय प्रमुुख र राजनैतिक दलको एक समूह गरेर दुई समूहबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको छ । जिल्लामै पहिलो पटक मैत्रीपूर्ण फुटबलको आयोजना गरेपछि पत्रकार महासंघ रोल्पाले उक्त कार्यको संयोजन गर्ने बताएको छ । बिहिबार भएको पत्रकार भेटघाट कार्यक्रममा मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि साहित्यकार र पत्रकारहरुको समूह गठन गर्ने जिम्मा पत्रकार महासंघ रोल्पाले लिएको हो ।
कुनैपनि कार्यक्रमहरु पत्रकारसँग सहकार्य नगरेसम्म सफल नहुने भन्दै क्लवका अध्यक्ष केसीले वार्षिक उत्सवका अवसरमा गरिने क्रियाकलापको निर्णय सार्वजनिक गर्नुभएको हो । क्लवले वार्षिक उत्सवका अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम, तेक्वान्दो, बक्सिङ, एथलेटिक्स, करातें लगायतका प्रतियोगिता राखेको छ ।
क्लवले वार्षिक उत्सवका लागि ११ वटा उपसमिति समेत सार्वजनिक गरेको छ । अध्यक्ष पूर्ण केसीको संयोजकत्वमा आर्थिक ब्यवस्थापन विभाग, उपाध्यक्ष रत्न महराको संयोजकत्वमा फिल्ड तथा खेलमैदान व्यवस्थापन उपसमिति, कोषाध्यक्ष नवराज आचार्यको संयोजकत्वमा प्राविधिक तथा मञ्च ब्यवस्थापन उपसमिति, सनस्टार राष्ट्रिय साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक नवीन लोचनमगरको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, सदस्य तुकमान महराको संयोजत्वमा अनुशासन तथा सुरक्षा बिभाग उपसमिति, सदस्य देवी गुरुङको संयोजकत्वमा सांस्कृतिक बिभाग उपसमिति, सदस्य भुवन श्रेष्ठको सहभागिता रहने गरी टंक बुढाको संयोजकत्वमा बक्सिङ प्रतियोगिता, लिलाधर आचार्यको सहकार्यमा लोकदोहोरी प्रतियोगिता, सचिव कमल थापाको संयोजनमा हरिश वली रहने गरी एथलेटिक्स प्रतियोगिता, ओम गुरुङको संयोजकत्वमा दर्ता प्रकृया लगायत कार्यालय व्यवस्थापन उपसमिति गठन गरेको छ ।
पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काँशीराम डाँगी, निवर्तमान अध्यक्ष खेम बुढामगर, वर्तमान अध्यक्ष मौसम रोकामगर, जिल्लामा क्रियाशिल पत्रिका, एफ रेडियो, विभिन्न मिडिया र सञ्जालमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रथम हुनेलाई ५१ हजार १ सय ११ पुरस्कार राशी सहितको खुल्ला फूटबल प्रतियोगिता आयोजना गरिएको समेत जानकारी दिइएको थियो ।
0 comments:
Post a Comment