आहा सञ्चार
रुकुम
क्रान्तिकारी पत्रकार संघ रुकुमले आगामी फागुन अन्तिममा हुने नेपाल पत्रकार महासंघ रुकुमको अधिबेशनबाट महासंघको नेतृत्व गर्ने निर्णय गरेको छ । संघको शुक्रबार सदरमुकाम खलंगाको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको छ ।

संघले अध्यक्षको दाबी गरेको भएपनि कसलाई अध्यक्ष बनाउने भन्नेमा नाम भने तोकेको छैन । संघका अध्यक्ष कमला रोकाले क्रान्तिकारीले यसपटक अध्यक्ष लिने सबैको सहमत भएपनि नाम भने अर्को बैठकले निर्णय गर्ने बताईन । त्यस्तै जिल्लाका अन्य संघसंगठनले पनि नेतृत्वका लागी औपचारिक निर्णय नगरेको भएपनि अनौपचारिक माहोल बढाईरहेका छन ।
पत्रकार महासंघ केन्द्रले जिल्ला शाखाहरुको अधिबेशन मिति तोकेसगै जिल्लामा माहोल तात्न शुरु गरेको छ । नेतृत्वको दाबी सबैले गरेको भएपनि यसपटक कडा प्रतिशप्रर्धा हुने संभावना बढेका छ ।
0 comments:
Post a Comment