आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, February 7, 2014

दार्जिलिङ्गलाई फन्को मार्दै गर्दा.......

         तारक प्रतिभा                                         
बिविध अन्यौलतालाई पन्छाउँदै  तेस्रो पुर्वाञ्चल पर्यटन मेलामा सहभागी हुन पुर्वी नेपालको झापा तर्फ जाने इरादा लिएर घरबाट निस्के । हल्का बडेको घाम संगै १४ गते काठमाण्डौ छोडनु थियो मैले तर अमेरिकामा रहेका एकजना दाईको कामको कारण १४ गते काठमाण्डौमै रुमल्लिनु पर्दा नरमाईलो आभाष भईरहेको थियो किनकी रुकुमबाट सहभागी हुन हामी तिन जना मध्य एभिन्युज टेलिभिजनका संवाददाता दिनेश खडका सर र रुकुमकोट उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त श्रेष्ठ चितवनमा आएर मलाई पर्खिरहनु भएको थियो ।
पुर्वी नेपाल त्यसमा पनि इलाम झापा जाने कुराले मन त्यसै फुरुङ्ग थियो  विकास, कला साहित्य, संस्कृति सभ्यतामा एक कदम अगाढी रहेको पुर्वी नेपाल तिर केही दिन काट्नु थियो र अर्को तर्फ सुन्ने गरिएको स्याङ्गजाली झापालीको सन्र्दभ बारे पनि बुझ्नु थियो तर सहयात्रीहरुलाई पर्खाउनु पर्दा नमिठो लागिरह्यो रातभर तर बिहान हुँदा टिकट लिएको अग्नी यातायातको गाडी नै छुटेछ । बुकिङ्ग काउण्टरको एक जना दाई संग समस्या दर्साए पाँच सय रुपैया थपेर रात्री सेवाको टिकट लिए साँझको ४ बज्नु मेरो लागी निकै आलस्य पुर्ण भयो ।
हुन त म यसअघि एक पटक नेपाल प्रस युनियनको राष्टिय सम्मेलनमा भाग लिन इटहरी सम्म गएको थिए तर खास घुमघाम भएको थिएन । बिहान साढे पाँच बजेतिर सप्तरीको बरमझियामा बाजेको पेडा पसलनेर गाडी रोकिदा टिभिमा बजिरहेको हिन्दी भजन सुन्दा म मुम्बईतिर पुगेको जस्तो आभाष भईरहयो । १६ गते कार्यक्रमको उदघाटन थियो तर उल्लेखित समस्याहरुलाई झेल्दै म १७ गते बिहान दमक पुगे । दिनेश जी र बसन्त दाईसंग भेट भएपछि खुसिको सिमा नै रहेन किनकी १२ घण्टे रात्रिकालीन यात्रामा म कसंैसंग भलाकुसारी गर्न पाएको थिएन । निन्द्राले सताई रहेको भएपनि नयाँ ठाँउ,परिवेश र नौलो जीवन शैलीबारे  कतिबेला बाहिर निस्कु जस्तो भईरहेको थियो अनि तिनै जना बाहिरतिर निस्क्यौ र चिया खान भनेर एउटा सामान्य होटेलमा पसियो सामान्य कुरा गदैमा दमका मान्छेहरु हामीले बनाएर बोलेका शब्द शब्दमा टिप्पनी गर्ने भने घरी हामीले बोलेको कुरा आधा घण्टापछि मात्र बुझेको कुरा सुनाउँथे अझ एउटी १२ बर्षे जस्ती देखिने झापाली भन्दै थिईन अंकल हजुरहरु हिन्दी बोल्दै हुनुहुन्छ भन्दै प्रश्न गरेको देख्दा हामी नहासी बस्नै सकिनौ ।
दोस्रो दिनको कार्यक्रम पश्चात हामी बाँकी यात्राबारे योजना बनाईयो । अन्तिम दिनको कार्यक्रम सकियो हामी १९ गते इलाम हुँदै  दार्जिलिङ्ग सम्म पुग्ने योजना बनायौ । आज हिजो भन्दा अलि बढी नै चिसो जस्तो लागिरहेको छ झापाको मौसम तर पनि हिजो सल्लाह अनुरुप अव केही क्षणमा हाम्रो यात्रा सुरु हुँदैछ । हामीहरु बसेको दमक गेष्ट हाउसका सञ्चालक दाईले गाडीको बन्दोबस्त गरिदिनु भयो हामी पनि सोही बमोजिम ठिक ८ बजे यात्राको श्री गणेश ग¥यौ । हाम्रो यात्राको सुरुवात प्रसिद्ध धार्मिक तिर्थस्थल सतासीधाम बाट भयो । मन त्यसै फुरुङ्ग भईरहेको थियो बिरुतारै गाढी हुँइकियो हामी दमकबाट करीब पन्ध्र मिनेट अगाडी बढेर उत्तरतिर मोडियौ मअगाढीको सिटमा रहेकोले गुरुजी संग कुराकानी सुरुवात गरे भने दिनेश सर र बसन्त दाई आ आफ्नै गफमा मस्त हुनुहुन्थ्यौ । सतासीधाम नपुग्दा सम्म लिम्बु थरका ति गुरुजीले बर्षायाममा बाटोमा हात्तिले दुख दिने गरेकोले ३ बजे पछी मात्र मान्छेहरु आवतजावत गर्नुपर्ने बताउँदै थिए । अनि आईपुग्यो सताक्षिधाम खास नाम सताक्षीधाम भएपनि मानिसहरु सजिलोका लागी सतासीधाम भन्ने गरेका रहेछन ।
 एकै क्षणको पुजापाठ पश्चात हामी अगाडी बड्यौ अनि दुईओटा सामुदायिक बनले सञ्चालन गरेको जामुनखाँडी सिमसार संरक्षित क्षेत्र हेरेर माईखोलाको किनारमा अवस्थित माईघाट मन्दिर दर्शन गरेर सुरुङ्गा तर्फ मोडियौ जँहा हामीहरुले रुकुममा करीव ६ बर्ष ब्यवसाय सञ्चालन गरेर बसेका झापाकै एक जना दाईको घरमा भेटघाट गरी चिया खाएर अगाडी बड्यौ । त्यतिबेलासम्म हल्का चिया बगानहरु देखिन थालिसकेका थिए हामी त्यहा भन्दा इलाम र दार्जिलिङ्ग कतिवेला पुग्ने भन्ने इरादा मनमा थियो त्यतिकैमा बिर्तामोड आईपुग्यो एकै छिनमा हामी चारआलीबाट सामान्य उचाई लिँदै उत्तर मोडियौ गाडीले जति गति लिँदै थियो हामीहरुले पुर्वी नेपालको विकाश, कला, साहित्य, सभ्यता संस्कृति र जीवनशैलीवारे एक टकले नियाल्दै थियौ । नयाँ ठाँउ नयाँ जीवनशैली र नयाँ वाताबरणको रौनकताले हाम्रो मन खुसिले ढुकढुक गरिरहेको थियो । सामान्य उचाइमै चिया बगान, मालिङ्गोका झाडीहरु, मिलेर बनेका पहाडी कलात्मक घरहरु र माटोले चिटिक्क पारेर लिपिएका दलिन र आँगनहरुमा बिहानी घामको पहिलो स्पर्शले छुँदै गर्दा नै अन्तुडाँडाबाट देखिने सुर्योदय इलामगेट बाट नै देखिन सुरु गरेजस्तो आभाष भईरहयो हामिहरुलाई । जति माथी चडदै जान्छौ हामी त्यति नौलोपनको अनुभुति भईरहेको थियो हामिहरुलाई किनकी सहरको रमझमले खासमा बालापन र जन्मभुमिको माया भलिदिने बल गर्दो रहेछ भने पहाडी क्षेत्रको शान्त र मनोरम वातावरणले आफ्नो ठाँउ र बालायवका जीवन्त स्मृतिहरु ताजै बनेर चसचस घोचिदिदो रहेछ । इलाम, तेह्रथुमतिरबाट तिब्र गतिमा हुँइकिदै आँउने प्रत्येक गाडीहरुमा केही न केही सामानहरु लोड गरिएकै हुँदो रहेछ मतलब हाम्रोतिर आँउदा पुरा लोडमा आँउने  मालबाहक साधनहरु फर्कदा झाँक्रीले ढ्याङग्रो ठटाएझै गल्ढयाङ्ग गुल्डुङ्ग गर्दै बेशि झनुपर्ने अवस्ता रहेनछ भने खाली जमिन प्राय भेटन खोज्नैपनै रहेछ । कतै सुपारी, कतै चिया, कतै अम्रिसो, कतै उत्तिस, कतै अलैची अरु नगदेबाली त यहाँको भिर काल्ना जताततै पाँईदो रहेछ ।
तर मैले यो यात्राको क्रममा गरेको खास अनुभब के भने यतातिर हेर्न लाएक ठाँउ थोरै तर स्थानीयहरुको जीवनस्तर संग जोडिएको उत्पादन र निकासी पनि संग संगै भएकाले पनि पुर्वमा यति सारो विकाश भएको रहेछ । हेर्नकै लागी त हाम्रोमा भन्दा धेरै चिज यहाँ भेटेन मैले किनकी यहाँको विकाश निमार्ण, पुर्वाधार भुगोलले पनि साथ त अवश्य दिएको छ तर हामी कहाँ तराईको सुन्दर फाँट चौरजहारीबाट सुरुहुने सानोभेरीको नागवेली स्वरुप, रयाफटिंग, डिग्रे शाईकुमारी मन्दिर, स्यार्पुतालमा नौका बिहार, स्यार्पुकै माछाको स्वाद, क्यानोनिङ्ग, सिस्ने हिमाल आरोहनको प्रचुर सम्भावना, कमल दहको कमल, बुकी पाटनको यार्सागुम्बा, पुथा हिमाल, ५२ पोखरी ५३ टाकुरी, अग्ला हिमाली पाटनहरु, मनै लोभ्याउँने पंक्तिबद्ध हिम श्रृंखला, तकसेरा, लुकुम र मोराबाङ्गका रमनीय मगरबस्तिहरु, मगर जीवनशैली, साँखदह, झाक्री नाँच, पापिनी नाँच, जंगली जडीबुटी, वनस्पति, ढोरपाटन सिकार आरक्षको सजिव चित्र मेरो मन मस्तिष्कमा प्रतिबिम्बीत भईरँहदा मैले के निष्कर्शमा पुगे भने ठाँउ मात्र भएर नहुने रहेछ त्यसको विकाश विस्तार र प्रर्बद्धनको लागी लगानी र उत्पादन र निकासीहुने बस्तुहरु नभई नँहुने रहेछ ।
यस्तै सोच्दै अगाढी बढ्दै जाँदा पहिलो यात्रा भएकोले पनि हुनसक्छ मनमा कम रोमाञ्चकता थिएन । बिस्तारै भोक लाग्न थालिसकेको थियो झापामा भेटेका अधिकांसले फिक्कलमा खाना खान सल्लाह दिएका थिए तर हामी सानो पाथीभरा देवीको दर्शन नगरी अन्नप्रासन नगर्ने मुडमा थियौ । किटेनीको उकालो सकिने बित्तिकै काल्बुङ्गले न्यानो आतिथ्यता प्रदान गरीरहेको थियो भने उत्तरतिर कञ्चनजङ्गा हिमाल अविराम मुस्कुराईरहेको थियो । काल्बुङ्गमा गाडी रोकेर १५ मिनेट ठारो उकालो पैदल हिडदै पाथिभरा देवीको दर्शनमा जाँदा कम्ता सकस भएन दिनेशजी हामीहरुलाई भेटन नदिएरै हिडेको देख्दा बसन्त दा र म भने शाकाहारी र मांशाहारी बिचको फरक यही रहेछ भनेर ठटटा गर्दै मन्दिर पुग्यौ फुलपाति र पुजा सामाग्री किन्न हामिहरुलाई दबाव दिईरहेका पुर्वेली नानीहरुलाई हामी अनुगमनको लागी मात्र आएको भनेर ठटयौली पारामा टारिदियौ तर धुपसम्म बालौ भनेर जुत्ता खोलेर सामान्य पुजापाठ गरी पुजारीबाट टिका लाएर भेटि चढाएर फर्कनेबेला मैले पुजारीलाई सामान्य सोधपुछ गर्दा यो सानो पाथिभारा भएको र समुन्द्र सतहबाट १७५० मिटर उचाईमा अवस्थित रहेको साथै ठुलो पाथिभरा भने ताप्लेजुङ्ग जिल्लामा पर्ने कुरा उनले बताए । पैदलै फर्कदै गर्दा उकालोबाट हार खाएको एक जोडीले अव कति मिनेटमा समयमा पुगिन्छ भनेर सोधेकोमा मैले समय त ५ मिनेट लाग्छ हजुर तर दुख भने २५ मिनेट हिडे बराबरको हुन्छ भन्दा त्यो जोडी उकालो चढ्न मानेको कठिनाईलाई हाँसोमा मिसायो । गाडी चढेर फेरी अगाढी बडियो जहाँ हर्कटे नपुग्दै गत बर्षायाममा पहिरो जाँदा करीव दर्जन सवारी साधनहरु र त्यति नै मानिसहरुको ज्यान गएको स्थानबारे गुरुजी संग सोधखोज गर्दै अगाडी बडियो पंक्तिबद्ध पहाडी श्रृंखला सम्म परेका र कोरीबाटी ठिक्क परेका नानीहरु जस्ता देखिने चिया बगानहरुले मनलाई चहचह बनाउँदै कन्याम पुगियो कन्याममा अलमलिँदा दार्जिलिङ्ग जान अबेर हुने भएकोले सरासर गइयो हामीहरुले खाना दमकमै स्टल राखेर बसेका अन्तुडाँडे नानीहरुको समाबुलुङ्ग होम स्टेमा खाने निधो गरेकोले त्यही कुरा ग¥यौ तर फर्कदा मात्र त्यता मोडिने गुरुजीको सल्लाहलाई नाई नभनी फिक्कलमा खाना खाईवरी घुम्ति मोडेर हामी पशुपतिनगर तर्फ बडयौ पशुपति नगर के पुगेका थियौ एक हुल गाडीवालाहरु हामीहरुतर्फ लुछाचुढी गर्दै आए अनि सामान्य बार्गेनिङ्ग गरेर भारतिय रुपैयाँ दुई हजार दुई सयमा एउटा गाडी रिर्जव गरेर आफ्नै हुन नसकेको विदेशी भुमितर्फ लाग्यौ ।
मलाई भने त्यतिबेला माछि मार्न जाँउ है दाजु कालापानीमा गितको यादले सताईरह्यो र म गुनगुनाउँदै थिए अनि माईति नेपालले सिमामा राखेका जनचेतनामुलक बोर्डहरु नियाल्दै धुपि र गोब्रेसल्लाको घना जंगल छिचोल्दै जाँदा सिमानामा पर्ने डाँडोबाट देखिने कञ्चनजंघा हिमाल र मानेभञ्ज्याङ्गको दृश्यावलोकन गरी फेरी जाँदा जोरपोखरी पुगियो जहाँ अत्यन्त मनमोहक वाताबरणमा पार्क, स्विमिङ्ग पुल र विभिन्न रमणिय बस्तुहरु अवलोकन गरेर सडक अबरुद्ध गर्ने गरी बसेका बाँदर र लंगुरका भिड हटाउँदै सुखियापोखरी हुँदै पुर्वतर्फ खर्साङ्ग, सिलगुढी, कालिम्पोङ्गको मनै लोभ्याउँने पहाडी सहर हेर्दै दाजिलिङ्ग स्थित रेल्वे स्टेशन घुम पुग्यौ विस्तारै बतासे लुप हेर्न टिकट लिएर भित्र पसेको तिन जना साना नानीहरु दुरविनबाट दाजिलिङ्ग सहर हेर्न बसेका रहेछन अनि मैले नाम सोधे नेपाली नाम नेपाली लवजमै जवाफ फर्काए उनिहरुले अनि मैले कुन ठाँउ मन पर्छ भनेर सोधेको नेपाल भन्ने जवाफ फकाए अनि देशको नाम सोध्दा चै केही क्षण अकमकाउँदै भने इण्डिया अनि मर्लाइ मनमा घोचिरह्यो पुर्खाहरुको विरता र बलिदानीबाट आर्जेको तर हाम्रै हुन खाजेर र पनि हाम्रो हुन नसकेको टिष्टा, दार्जिलिङ्ग, ग्याण्टोक लगायतको ठाँउप्रति अगाथ श्रद्धा र सर्मपण जागिरह्यो अनि प्रत्येक पर्खाल, भित्ताहरुमा लेखिएका गोर्खा राज्यको मागमा आधारित विभिन्न नारा र भनाई अनि विमल गुरुङ्गको तस्विर अंकित व्यानरहरु र नेपाली जीवनशैली, नेपाली रहनसहन, बोलीभाषा र उस्तै मानिसहरुको चहल पहलले दार्जिलिङ्ग नेपाली भुमि नै हो भन्न हामिलाई बल पुगिरह्यो । यस्तै तर्कहरु गर्दै अगाढी बडदा भारतिय चर्चित अभिनेता गोबिन्दाको बन्दै गरेको भव्य महल हेर्दै दिवंगत पुर्वराजा विरेन्द्रले अध्ययण गरेको सेन्ट जोसेफ कलेज हेर्दै फोटो खिचेर केबुलकार हेर्न पुगियो । यो केबुलकार दार्जिलिङ्ग भएर ग्याण्टोक सम्म पुग्दो रहेछ ।
पाँच किमि बराबर आकाशे मार्गमा एक सय पचास भारतिय रुपैयामा ओहोर दोेहोर गर्न सकिने रहेछ । अनि हामी विगत लामो समयदेखी गोर्खा राज्यको माग सहित आन्दोलन चकाईरहेको गोर्खा जनमुक्ति मोर्चाको कार्यालय अनि रेल हेर्दै फर्किने सुरुसारमा थियौ । तर दार्जिलिङ्गमा सञ्चालित रेल सेवा भने मर्मत सम्भारको अभावमा डिब्बाहरु छुटिटएर संघियतामा गईसकेका रहेछन भन्दै दिनेश जी र म बाटोभरी ठटटा गर्दै रमाईलो गरयौ तर एउटा तितो यतार्थ भने केवल फगत औपचारिकताको लागी मात्र भारतिय रुपैयाँको चल्ती भएपनि एक थोक पनि भारतिय पन नभएको नेपाल हुन भगोलले नै बल गरिरहेको आफ्नै मुलुक भित्रको भएर पनि पराई बनाईएको यो हाम्रो भुमी अबश्य एक दिन फिर्ता आँउने छ भन्ने कामना गर्दै हाम्रो यात्राको इतिश्री गरयौ मौका मिले साईत जुरे एक दिन फेरी जान मन लागिरहेछ पुर्खाहरुको विरता र बलिदानीबाट प्राप्त भएर अदुरदर्शी शाषकहरुको कारण गुमेको हाम्रो प्यारो गोर्खा भुमीमा.......



0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |