शेर प्रसाद ढकाल
चौरजहारी
जिल्लाको चौरजहारीमा सुकुम्वासी वादी समुदायका लागि थालिएको भवन निमार्ण कार्यले गति पाउन सकेको छैन् । शहरी विकास तथा भवन निमार्ण कार्यालय सव डिभिजन रोल्पा, साईड कार्यालय रुकुमले चौरजहारीका २० घर वादी समुदायका लागि थालेको भवन निमार्ण कायले गति पाउन नसकेको हो ।

एक महिना भित्रै काम सक्ने लक्ष्यका साथ गत असार महिनामा काम शुरु गरेको भएता पनि अहिले सम्म भवन निमार्ण कार्य सम्पन्न हुन नसकेको वादी समुदाय भवन निमार्ण समिति चौरजहरीका अध्यक्ष राजकुमार बादीले बताए । पक्की घर वनाउने आशामा माटोका कच्ची घरहरु भत्काएका वादीहरु पालको ओतले वर्षा त काटे नै हिउदको चिसो सिरेटोमा पनि पाल भित्र नै बस्न वाध्य भएका छन ।
सुकुम्वासी वादी समुदायका लागि भवन निमार्ण गर्न प्रतिपरिवार १ लाख ७० हजार वरावरको रकम उपलब्ध गराउने सम्झौता भएको थियो । भवन निमार्णमा लामो समयसम्म ढिलासुस्ती हुदा पनि समवन्धित निकायले ध्यान नदिएको वादी समुदायको गुनासो छ ।
भित्ताका लागि निमार्ण गरिएका व्लकहरु कमगुणस्तरका भएको भन्दै गुणस्तरीय हुनुपर्ने माग सहित वादी समुदायले केही समय भवन निमार्णको काम समेत रोकेका थिए । यस सन्दर्भमा वादी समुुदाय भवन निमार्णका प्राविधिक विनोद यादवले वादी समुदाय र स्थानीय व्लक निमार्ण कर्ता विच गुणस्तरीय व्लक छानेर प्रयोग गर्ने सहमति भएको र अव भवन निमार्णको काम छिटै सम्पन्न हुने जानकारी दिए । भवन निर्माण कार्य सम्पन्न भए माटोको कच्ची घर तथा पाल टाँसेर वस्दै आएका वादी समुदयालाई राहत पुग्नेछ ।
0 comments:
Post a Comment