
रुकुम
सल्यान प्रवास सेवा समाज मलेशियाले दुई जनालाई बिदाई गरेको छ । सल्यान प्रवास सेवा समाज को स्थापना काल देखि सक्रिय रहदै आएका केन्द्रिय कमिटिका प्रमुख सल्लाहकार साथै सस्थाको अनलाइन सम्बन्धि सम्पूर्ण काम कार्य को जिम्बेवार सम्हाल्नु भएकाका तथा क्षेत्रीय कमिटि जोहोर का सम्रक्षण लोक राज भण्डारी र अर्का सस्थाकै सक्रिय सल्लाहकार भुपेन्द्र बुढाथोकीलाई बिदाई गरेको हो ।
दुवै जना सात बर्ष को अबधी सकेर नेपाल फर्कदै छन । उहा हरु लाई जोहोर क्षेत्रीय कमिटिका अध्यक्ष सन्दीप ओली र सस्थाका कार्यक्रम संचालक पोषण दर्नालले खादा लगाई तथा सचिव बसन्त मल्लले सम्मान पत्र प्रदान गरेका थिए । उपस्थित पत्रकार भिम तामांग तथा अन्य श्रमिक दाजुभाई दिदिबहिनिहरुले उनीहरु दुवै जना को यात्रा सफल यात्राको शुभ कामना व्यक्त गरेका थिए ।
0 comments:
Post a Comment