आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, February 4, 2014

आर्कषणमा रिम्ना सहिदपार्क (फोटो फिचर)

 मेगराज खड्का/दिप बहादुर घर्ती
 
रुकुम जिल्लाको सिमाना संग जाडिएको खलंगा ८ रिम्नाबजार जाजरकोटमा पर्ने शहिद पार्कले हिजो आज धेरै मान्छेहरुको आकर्षणको केन्द्र बन्दै गईरहेको छ । शान्ति तथा पुननिमार्ण मन्त्रालयको सहयोगमा निर्माण गरिएको सहिद पार्कमा रुकुम, जाजरकोट र छिमेकी जिल्ला सल्यानबाट समेत स्थानीयहरु घुम्न आउने भएकोले आकर्षणको केन्द्र बन्दै गएको हो  । अहिले शहिद पार्क हेर्ने तथा आसपासमा रमाउने मानिसहरुको भिड् लाग्ने गरेको छ ।

शुक्रबार, शनिवार तथा अन्य सार्बजनिक विदाको दिनमा सरकारी कर्मचारी र ब्यापारीहरुको झनै भिड् लाग्ने गरेको हो । रुकुम र जाजरकोट घुम्न आउने संगै स्थानीहरु पनि पार्कलाई विभिन्न पाटी तथा भोजको लागी समेत उपयुक्त ठाउँका रुपमा लिन थालेको स्थानीय भरत पुनले बताए । उनका अनुसार हाल डोल्पा जिल्लाको ब्यापारी केन्द्रका रुपमा रहेको जाजरकोटको रिम्ना देखि सुर्खेत रामघाट सम्म विदेशी पर्यटकहरुका लागि जल मार्गका रुपमा बिकसित भएका कारण पनि झनै आर्कषण बढेको छ ।

 शहिद पार्कमा मुख्य रोचक दृष्यका रुपमा रहेको भौतिक संरचना, विगत द्वन्दको क्रममा राज्यद्धारा मारिएका मध्यपश्चिमाञ्चल विकास क्षेत्रका जाजरकोट, रोल्पा, रुकुम, जुम्ला, कालीकोट लगाएतका जिल्लावाट बलिदान गर्ने ५ सय बढी प्रतिनीधिमुलक शहिदहरुको फोटाहरु सजाइएको छ । त्यस्तै जीव जनावरहरुमा अजीङ्गर, चाइनिजमुसा, दम्सी, बादर, लाटोकोसेरो तथा स्वदेश तथा विदेशमा पाईने फलफुलहरु रोपिएका छन । हाल यो शहिद पार्क निर्माणकै प्रक्रियामा भएता पनि सोचे भन्दा बढी मान्छेहरुको आकर्षण बढाएकामा द्वन्द प्रभावित गाउँले गर्व गर्दै जानु पर्ने रिम्ना निवासी नेकपा–माओवादी पार्टीका केन्द्रिय सदस्य गगन खड्का बताउछन ।
 
उनी रिम्नालाई ब्यापार ब्यबसायकाका साथै घुमफिर उत्तम, मनोरम तथा श्रद्धालु भक्तजनहरुका लागि दुईभेरी नदीको मिलन हुने पवित्र स्थलका रुपमा रहेको उल्लेख गदैछन । रुकुम, जाजारकोट तथा सल्यान लगायतका पहाडि जिल्लाहरुका लागि रिम्नाको यो शहिद पार्क नै सम्भवत पहिलो पार्क हो । 

पुननिर्माण तथा पुनस्थापना कार्यक्रममा शान्ति नमुना बस्तिका रुपमा  खलंगा गाविसको वडा नं.८ लाई छनौट गरिएको हो । उक्त कार्यक्रम अनुरुप क्रमागत योजनाका रुपमा खानेपानी, सिचाइ, मोटर तथा गोरेटो वाटो, लघु जलविद्युत आयोजना र विद्यालय भवन लगायतका आयोजनाहरु विगत केहि बर्ष यतादेखि क्रमागत रुपमा निर्माण भैरहेका छन ।
तस्बिरहरु ः दिप बहादुर घर्ती÷जाजरकोट






0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |