
१, भर्खरै जिल्लाको सरसरफाई अभियानलाई सफल बनाउन पहिलोपटक बृहत सरसफाई सम्मेलनको आयोजना गरियो । तपाँई पनि त्यसमा सहभागी हुनुहुन्थ्यो । यसलाई कसरी लिनुभएको छ ?
निकै सकारात्मक र राम्रो कार्यको रुपमा लिएको छु । जसले गर्दा आगामी जेठ २२ मा रुकुम जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने ठोस कार्ययोजना बनेको छ । सबै सरोकारवाला तथा गाबिसका प्रतिनिधिहरुलाई समेत सहभागी बनाउदा थप प्रभाबकारी भएको मैले ठानेको छु ।
२, २०७१ साल बैसाक १५ भित्र सबै खुल्ला दिशामुक्त हुन बाँकी गाविसहरुले पनि घोषणा गर्ने सम्मेलनमा प्रतिबद्धता जनाएका छन । के यसले ब्यबहारमा सफलता पाउला ?
सफलता नपाउने कुरै छैन । ईच्छाशक्ति हुने हो भने बैशाक १५ होईन चैत १५ मा पनि सबै गाबिसहरु खुल्ला दिशामुक्त बनाउन सकिन्छ । जसका लागी सम्मेलनमा सहभागी सबै प्रतिनिधीहरुले प्रतिबद्धता गरे अनुरुप गाउँगाउँमा सक्रियताका साथ अभियान संचालन गर्नुपर्छ । गाबिस सचिबले पनि अन्य समयको भन्दा अली बढी समय दिएमा अभियान पुरा हुनेमा शंका नै छैन । सम्मेलनमा केहि पुर्बि गाबिसहरुमा चुनौतिपुर्ण छ भनेर पनि साथीहरुबाट कुरा आयो । वास्तबिक समय र ईच्छाशक्ति हुने हो भने ति सबै
चुनौति सफलतापुर्ण तरिकाले समाधान हुन्छ ।
३, तपाईको गाबिस त ११ औ स्थानमा खुल्ला दिसामुक्त भैसकेको छ । अरु ३२ गाबिसहरुलाई कसरी उछिन्नुभयो ?
हामी खुल्ला दिसामुक्त गाबिस घोषणा गर्ने गाबिसहरुको सुचिमा ११ नम्बरमा परेपनि हाम्रो लक्ष टपटेन भित्र पर्ने थियो । शौचालय निर्माण कार्य सबै घरधुरीमा सम्पन्न भएको भएपनि घोषणा गर्ने मिति ढिला हुन मात्र पुगेको हो । यो स्थानमा आईपुग्न सरकारी तथा गैरसरकारी निकाय, स्थानीय राजनैतिक दल, शैक्षिक संस्था, बिभिन्न क्लब तथा समुह र आम सर्बसाधरणहरुको नियमित सहयोग र सक्रियताका कारण सफल भएको हो । यसमा श्रीमान स्थानीय बिकास अधिकारी भरत कुमार शर्माको नियमित चासो र योगदान तथा नेपाल रेडक्रस सोसाईटिको सहयोग पनि भुल्न सकिदैन ।
४, जुन गाबिसहरुले आगामी बैसाक १५ भित्र खुल्ला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता जनाएका छन, ति गाबिसहरुलाई तपाई खुल्ला दिसामुक्त गाबिस घोषणा गरिसकेको गाबिस सचिबको तर्फबाट के सुझाब दिन चाहानुहुन्छ ?
बाँकी गाबिस सचिब साथीहरुले हाम्रो गबिसको समस्या र चुनौतिका कारण केहि घोषणा गर्न ढिला भएको छ भनेर सुनाउनुहुन्छ । यसमा म के भन्न चाहान्छु भने वास्तबमा समस्या सबै ठाउँको उहि हो, आफुले लगाब र निरन्तर सक्रिय हुने हो भने कुनैपनि चुनौति भएपनि समाधान नहुने ठाउँ नै छैन । जनताले जतिपटक बुझ्दैनन्, मान्दैनन्, त्यतिनै पटक बुझाउने र मनाउने प्रयास गर्नुपर्छ । बुझ्दैनन् भनेर आफु अभियानबाट पन्छिनु हुदैन । फेरी ११ गाबिसका जनताले बुझ्ने र अरु गाबिसका जनताले नबुझ्ने भन्ने हुदैन तर कतैका जनतालाई अली बढी मनाउनुपर्ने हुनसक्छ ।
५, अन्तमा, गाबिसको नियमित काम कारबार्हि कसरी चलिरहेको छ । जनतालाई गाबिसबाट सरल र प्रभाबकारी ढंगले सेवा दिन कत्तिको जीम्बेवार हुनुहुनछ ?
हाम्रो गाबिस कार्यालयबाट प्रदान गरिने सेवा सुबिधाहरु जनतालाई सरल र प्रभाबकारी तरिकाले जति सक्यो चाँडो दिने कुरामा निकै ध्यान दिईराखेका छौ । तर काम गर्ने क्रममा केहि कमीकमजोरी पनि हुन गएको भए सोको गुणासो तथा सुझाब सल्लाह निरन्तर रुपमा सेवाग्राहिबाट आउने भन्ने अपेक्षा राख्दछु । जसले आगामी दिनहरुमा सेवा प्रभाबकारी ढंगको होस ।
0 comments:
Post a Comment