आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, February 27, 2014

रुकुमको अर्मा पनि खुला दिसामुक्त

आहा सञ्चार
रुकुम


रुकुमको अर्मा गाविसलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ । अर्मा ८ काफलबोटमा भएको औपचारीक कार्यक्रमकाविच अर्मालाई खुला दिसा मुक्त गाविस घोषणा गरिएको हो । गाबिसका सबै घरधुरीमा शौचालय निमार्ण पछि घोषणा कार्यक्रम गरिएको गाबिस सचिब कबिराज केसीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला विकास समिति रुकुमका कार्यक्रम अधिकृत चिन्तामणि दाहालले व्यानर खोलेर अर्मालाई खुला दिसामुक्त गाविस घोषणा गरे ।
 कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले लक्ष भित्रै रुकुमलाई खुला दिसामुक्त घोषणा गर्न अर्माले अर्को इट्टा थपेकोमा स्थानीयबासीहरुलाई भन्यबाद दिए । खुला दिसामुक्त घोषणा भएकोमा खुसि व्यक्त गर्दै दाहालले जिल्ला विकास समितिको तर्फबाट प्रोत्साहन स्वरुप अर्मा गाविसलाई ५० हजार नगद उपलब्ध गराउने बताए । अर्मा खुला दिसामुक्त घोषणासंगै रुकुमका १४ वटा गाविस खुला दिशामुक्त घोषणा भएका छन् ।
 रुकुमलाई आगामि २०७१ साल जेठ २२ गते खुला दिशा मुक्त घोषणा गर्ने लक्ष राखिएको छ । यसैबिच सरसफाई अभियानलाई सफल बनाउन समाचारको माध्यमबाट सहयोग गरेको भन्दै आहा सञ्चार साप्ताहिकलाई सम्मानीत गरिएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |