आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, February 25, 2014

झुलालाई २८ गते खुल्ला दिसामुक्त

गणेश खनाल
झुला

जिल्लाको झुला गाविसलाई यहि फाल्गुण २८ गते खुल्ला दिशामुक्त घोषणा गरिने भएको छ । सरसफाईका कामहरु अन्तिम चरणमा पुगेकोले गाविसलाई २८ गते औपचारिक रुपमा खुल्ला दिशामुक्त घोषणा गर्न लागिएको गाविसको कार्यालयले बताएको छ ।
 सरसफाई अभियानका बारेमा जानकारी दिन सोमबार  गाविस स्तरिय अनुगमन टोलीले वडा नं. ९ मा शौचालय निर्माण र सरसफाईको अवस्थाका वारेमा अनुगमन समेत गरेको छ । अनुगमनमा एलजिसिडिपीका सामाजिक परिचालक लेखराज धिताल र झुला गाविस सहायक चन्द्र वहादुर विकको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा अधिकाँश घरहरुमा शौचालय निर्माण भइसकेको र बाँकी घरमा निर्माण कार्य जारी रहेको टोलीले बताएको छ । 
गाविसका सबै वडाहरुमा २२ गतेभित्र शौचालय निर्माणको काम सकिने भएपछि गाविसलाई २८ गते खुल्ला दिशामु्क्त घोषणा गर्ने तयारी थालिएको बताइएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |