आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, February 24, 2014

रेडियो शारदा एफएम छैटौ वर्षमा प्रवेश

आहा सञ्चार
सल्यान

सल्यानमा सञ्चालित रेडियो शारदा एफएम छैटौ वर्ष प्रवेश गरेको छ । २०६५ फाल्गुण १२ गते प्रशारण आरम्भ गरेको सामुदायिक रेडियो शारदा एफएम छैटौ वर्ष प्रवेशको अवसरमा अध्यक्ष शालिक राम शर्मा र स्टेशन म्यानेजर प्रतीक इच्छुक शर्माले रेडियोका श्रोता, विज्ञापनदाता , कर्मचारी एव् विभिन्न क्षेत्रमा रहेर रेडियो सञ्चालनमा सहयोग पु¥याऊने शुभेच्छुक लाई शुभकामना ब्यक्त गरेका छन । 
सूचना तथा सञ्चारको माध्यमवाट आम जनतालाई सूसुचित,जागरुक गराऊदै जिल्लाको विकासमा टेवा पु¥याऊन निरन्तर क्रियाशिल भएको भन्दै जारी प्रेस विज्ञप्तीमा आगामी दिनमा पनि रेडियोलाई प्रभावकारी वनाऊन सहयोगको अपेक्षा गरिएको उल्लेख गरिएको छ ।
जनसमुदायलाई शिक्षा, चेतना र विकासको वाटोमा समाहित गर्न, महिला, दलित , फरक क्षमता भएका वर्ग लाई मुलप्रवाहीकरणमा निरन्तर क्रियाशिल रहने समेत विज्ञप्तीमा जनाइएको छ । 

यस्तै केही महिना यता लोडसेडिङ्गले नियमित प्रशारणमा वाधा उत्पन भएको भन्दै चैत्र महिनाको पहिलो सातामा सौर्य उर्जा प्रणाली उपयोग मार्फत नियमित प्रशारण गरिने रेडियो सञ्चालक समितिका अध्यक्ष शालिक राम शर्माले जानकारी गराएका छन । ग्रामिण विकास सञ्चार केन्द्रद्धारा सञ्चालित ५ सय वाट क्षमताको रेडियो शारदा एफएम दैनिक १८ घण्टा प्रशारण भैरहेको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |