रुकुम
विभिन्न कामको सिलसिलामा जिल्ला विकास समितिको कार्यालय रुकुममा आउने सेवाग्राहीले अव पुरै छ दिन सेवा पाउने भएका छन् । यस अघि सार्वजनिक तथा अन्य विदा बाहेक हरेक आइतबार देखि विहिबार सम्म पुरै दिन तथा शुक्रबार आधा दिन मात्रै सेवा पाइरहेका सेवाग्राहीले अवका सबै शुक्रबार पनि पुरै दिन सेवा पाउने जिल्ला विकास समिति रुकुमले जनाएको छ ।
स्थानीय विकास अधिकारी भरतकुमार शर्माको पहलमा बसेको जिविसमा कार्यरत कर्मचारीहरुको बैठकले शुक्रबार पनि पुरै दिन कार्यालय खोल्ने निर्णय गरेको हो । सेवाग्राहीका कामलाई छिटो, छरितो तथा सजिलो बनाउन शुक्रबार पनि विहान दश बजेदेखि बेलुकी पाँच बजे सम्म काम गर्न थालिएको जिविस रुकुमले जनाएको छ । यही फागुन २ गते शुक्रबारदेखि सेवाग्राहीका काम पुरै दिन गर्न थालिएको स्थानीय विकास अधिकारी भरतकुमार शर्माले जानकारी दिए । उनका अनुसार सेवाग्राहीलाई सुशासनको महशुस गराउन र जिविसको सेवालाई अझै सहज तथा सर्वसुलभ बनाउन यस्तो कार्य सुरु गरिएको हो ।
जिल्ला विकास समितिको यस कार्यबाट सानो कामको लागि पनि अर्को आइतबार कुर्नुपर्ने सेवाग्राहीको बाध्यता टरेको छ । जिविसमा कार्यरत कर्मचारीको सहयोग र सहभागितामा काम भैरहेको भन्दै स्थानीय विकास अधिकारी शर्माले यस कार्यले थोरै भएपनि सेवाग्राहीलाई सजिलो हुने दावी गरे । यस अघिका सवै शुक्रबार दिउँसो २ बजे नै कार्यालय बन्द हुँदा विभिन्न गाउँबाट आएका सेवाग्राहीलाई अर्को आइतबार सम्म कुर्नुपर्ने बाध्यता थियो ।

शुक्रबार सबेरै जिविस बन्द हुँदा होटलमा बस्दा समय र पैसा पनि धेरै खर्च हुने गरेकोमा अवदेखि जिविस शुक्रबार पनि दिनभर खुल्ने भएपनि कम खर्च र थोरै समयमा काम हुने आशा सेवाग्राहीले गरेका छन् ।
0 comments:
Post a Comment