दिप बहादुर घर्ति
जाजरकोट
जाजरकोटको दशेरामा बिहीवार विहान पाइप बम बिष्फोट भएर ६ जना सर्वसाभारण घाईते भएका छन । पाईप बमलाई फलाम पोल्ने चुलोमा हाले पछि बम बिष्फोट भएर सर्बसाभारण घाईते भएका हुन । दशेरा ३ का जोखे थापाले पाईप देखिने बम ओदान बनाउने उदेश्यले कमारो नेपालीको फलाम पिट्ने दोकानमा लिएर फलाम पोल्ने चुलोमा हाल्दा उक्त बम बिष्फोट भएको थियो ।

बम बिष्फोट भएर घाईते हुनेमा दशेरा ३ कै भक्त बहादुर थापा, नरसिंह थापा, नैन बहादुर नेपाली, मान बहादुर नेपाली, कमारो नेपाली र जोखे थापा रहेका छन । घाईते कमारो नेपाली र जोखे थापाको अबस्था गम्भिर रहेको दशेरा हेल्थपोष्टका एचए राम बहादुर सुनारले बताए । उनका अनुसरा घाईतेहरुको राम्रो उपचारका लागी तत्काल घाइतेहरुलाई काठमाण्डौ लिनु पर्छ ।
घटना स्थलका घाईतेहरुको उद्धारमा तत्काल नेपाल प्रहरी लागि परेको र घाईतेहरुलाई उपचारका लागी जाजरकोट क्षेत्र नं. २ का सभासद राजीव शाह हेलिकप्टर लिएर घटनास्थलमा पुगि सकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
0 comments:
Post a Comment