शेर प्रसाद ढकाल
कोटजहारी
जिल्लाको कोटजहारी ९ घर्तीकाँडाका महिलाहरु संगठित भएर मासिक वचत तथा समाज सुधारका काममा अग्रसर हुन थालेका छन् । लघु वित्त महिला सहकारी समूह गठन गरी मासिक वचत तथा समाज सुधारको काममा महिलाहरु अग्रसर हुन थालेका हुन् ।

बचत गर्ने बानीको विकास तथा समाजमा नकरात्मक असर पर्ने खालका गतिविधिहरु रोक्न महिलाहरुले भेलाबाट देबी विकको अध्यक्षतामा ३५ सदस्यीय महिला समूह समेत गठन गरेका छन् । समितिको उपाध्यक्षमा हस्तकला बोहरा, सचिव कमला महतारा, सहसचिव लिला बोहरा र कोषाध्यक्षमा जसीला बोहरा रहेकी छिन । मासिक रुपमा नियमित बचत गर्नुका साथै फजुल खर्च नियन्त्रणका लागि सक्रिय भूमिका खेल्ने महिलाहरुले बताएका छन् ।
आयआर्जमुलक व्यवसायहरु संचालन गर्न बचत गरेको रकम समूहमा घुम्ती ढंगले सस्तो ब्याजदरको कर्जाका रुपमा उपलब्ध गराईने महिला समूह गठनकी अगुवा पवित्रा खड्काले बताईन । महिलाहरुले मासिक रुपमा ५० रुपैयाँका दरले समूहमा बचत गर्न थालेका छन् । गाउँमा पुरुषले जाँड, रक्सी, पिउने तथा जुवातास खेल्ने जस्ता फजुल कार्यहरु बढाएको भन्दै त्यस्ता कार्यमा प्रतिवन्ध गर्ने र गाउँमा छिटै उत्पादन हुने विभिन्न व्यवसाय संचालनगरी आर्यआर्जमा बृद्धि गर्ने महिलाहरुको सोच रहेको छ ।
0 comments:
Post a Comment