आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, February 18, 2014

अध्यारोले घेरिएको नेपालीको जीवन

सुधा मिश्र
ब्राजिल पछिको दोस्रो जलस्रोतको धनी राष्ट्र नेपालमा दैनिक १२ घण्टा भन्दा बढी लोडसेटिङमा जीवन यापन गर्नुपर्ने विवशता नेपालीको भएको छ । यसको अहिले कुनै ठिकान छैन कि कति घण्टासम्म पुग्ने होला । दिन प्रतिदिन लोडसेटिङ बढेकै समाचार आइरहेको हुन्छ । पहिलाको दिनहरूमा पनि दैनिक १६ घण्टासम्म लोडसेटिङ पुगेको यथार्थ नेपाली साझ छदैछ । जलस्रोतको धनी राष्ट्र नेपालमा न त विजुली नै छ न त  सिंचाइको राम्रो व्यवस्था नभएर हरेक वर्ष आकाशे पानिको भरमा पर्ने भएर हेक्टरौ खेतहरू बाँझो रहने गरेको छ । विश्वकै दोस्रो जलस्रोतको धनी राष्ट्रले कहिले जलबाट पाइने सुविधाहरू सर्वसुलभ जनता सामु पु¥याउ छन् होला ।
२०७० सालको एस.एल.सी.को परीक्षा यही चैत्र ६ गते देखि सुरू हुने भएको छ । नेपालमा एस.एल.सी.को परीक्षालाई आईरनगेट को रूपमा लिने गरिएको छ । आईरनगेट लाई ब्रेक गरेर विद्यार्थीलाई आफ्नो उज्जवल भविष्यको लागि बाहिर निस्कनु पर्ने हुन्छ । एस.एल.सी.मा कुनै कारण बश नतीजा खराब आइयो भने भविष्यमा नै एक तरिको ब्रेक लाग्न पुगिन्छ । एस.एल.सीमा राम्रो मार्क छैन भने राम्रा भनिने कलेजमा नाम एडमिसन समेत हुन गाह्रो हुन्छ । डिस्टिन्शन अथार्त फस्ट डिभिजन विद्यार्थीले मार्क ल्याएको छैन भने साइन्स पढन पाउनु पनि मुस्किल नै हुन्छ । यस्तो संवेदनशील अवस्थामा आएर सरकारले दैनिक लगभग १२ घण्टा भन्दा बढी लोडसेटिङ गरेर विद्यार्थीको भविष्यसँग नै खेलवाड गर्नु कहाँसम्मको न्यायोचित हो । सरकारले आफूले अहिलेसम्म सम्भाल्दै आएको कार्यभार एकदम सफलता पूर्वक गइरहेको छ भनेर गफ लाउँदै हिडछन् । के एस.एल.सी. परीक्षा जस्तो संवेदनशील समयमा एस.एल.सी.का विद्यार्थीले विजुलीबत्तीमा पढन पाउनु सरकारको दायित्व हैन ? देशका कतिपय उद्योग र कलकारखानाहरू बन्द हुने स्थितिमा पुगिसकेका छन् । यस्तो बढ्दो लोडसेटिङले गर्दा कतिपय उद्योग र कलकारखानाहरू कुन दिन बन्द हुन पुग्छ त्यसको ठेगाना छैन् । यी उद्योग र कलकारखानाहरूले कैंयौको जीवन चलिरहेको छ । यसमा काम गर्ने मजदुरहरूको जीवन हेरदिने को होला ? उद्योग र कलकारखाना बन्द हुनु भनेको कैयौं कजदुरहरूको जीवनमा संकट आउनु हो जुन मजदुरहरू यही उद्योग र कलकारखानामा आस्रित छन् । के यस्ता कैंयौं मानिसहरूको जीवनमा संकट ल्याउनु नै सरकारको दायित्व हो ?
खै किन यो सरकार मौन भएर बसेको होला ? उनीहरूलाई के बिग्रिएको छ र ? घरमा बत्ती छदैछ । पाउनु पर्ने सब सुविधा छदैछ । पीडामा पर्छन् त केबल नेपाली जनता केही दिन बितेको छैन डा. गोविन्द के.सीले १४ दिनको आमरण अनशन तोड्नु भएको तर कस्तो विवशता सरकारले आफूले गरेको प्रतिबद्धता पूरा नगरेकोले फेरी पनि आमरण अनशनमा बस्न बाँध्य हुनु भएको छ  डा. गोविन्द के.सी । किन सरकारले यस्तो लापरवाही गरेको होला ? मुलुक भरीका चिकित्सा क्षेत्रका डाक्टरहरू डा. के.सीको समर्थन आफ्नो पेशालाई ठप्प पारेका थिए । लाखौं विरामीहरूको जीवन अस्तव्यवस्त भएको थियो । के सरकारले यी सबै कुरा बिर्सिसकेका छन् त ? होइन सायद सरकारको नियत नै सर्वसाधारण जनतालाई सकेसम्म दुःख पीडा दिनु भैसकेको छ । जनतालाई उज्यालो होइन अँध्यारोमा जीवन बाँच्न लाउनु पर्छ भन्ने सोच बनाइसकेको देखिन्छ । अहिलेका मन्त्रीपरिषद्को अध्यक्ष भनेको प्रधानन्यायाधिश हुन् । प्रधानन्यायाधिश भनेको न्यायको मूर्ति हो । पढ्नको लागि टुकी बाल्नु पर्ने विवशता, विरामी हुँदा कहाँ गएर उपचार गराने भन्ने चिन्ता हुनेहुदाँ सर्वसाधारण जनतालाई उपचार गर्ने बाटो बन्दहुने स्थिति र उद्योगकरकारखानहरू बन्द हुँदा त्यसमा कार्यरत कामदारहरूको जीवनमा नै संकट आइपर्नु यी सबैकुराहरू न्यायगत हुन् त ? के यी नेपाली जनताहरूसँग अन्याय नभएर न्याय भइरहेको छ त ? के न्यायमूर्तिका आँखाहरूले यसलाई न्याय देखिरहेका छन् ? न्यायमूर्तिको अन्तरआत्माले यसलाई धार्मिक कार्य मानेको छ त ?
विश्वमा देशहरूमा दिन र रात छुट्टयाउन गाह्रो हुन्छ । २४ सै घण्टा विजुलीबत्तीको रमझमले रात पनि दिन सरह नै देखिन्छ । तर नेपालीहरू दैनिक लगभग १२ घण्टा भन्दा बढी लोडसेटिङले गर्दा अँध्यारोमा जीवन बिताइहरका छन् । नेपालीहरूको जीवनलाई चारैतिर बाट अँध्यारो नै अँध्यारोले घेरेको छ । अँध्यारोमै नै जीवन विताउनु पर्ने उनीहरूको विवशता र मजबुरी भइसकेको छ । खै कहिले सर्वसाधारण जनताहरूको जीवनमा उज्यालोको किरणले प्रवेश गर्लान् ? आशा गरौं ईश्वरले नेपालीहरूको अँध्यारोलाई छिट्टै नै उज्यालोमा परिवर्तन गरोस् जसले गर्दा हरेक नेपालीले शकुनको जीवन विताओस् । (मधेश दपर्ण फिचर सेवा)

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |