आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, February 12, 2014

निरक्षरका लागि पुर्ण साक्षर

लक्ष्मण केसी
अनौपचारिक शिक्षा केन्द्रबाट सन २०१५ सम्म देशबाट निरक्षरता उन्मुलन गर्ने उदेश्यले साक्षर नेपाल अभियान कार्यक्रम घोषणा गरिएको छ र यसको उदेश्य पुरा गर्न बिभिन्न लक्षित समुहका लागि फरक मोडेलका साक्षरता कार्यक्रमहरु सञ्चालन गरिएका छन् ।
यहि माघ महिनादेखि सञ्चालन गरिने भनिएको साक्षरता अभियानमा दुई बर्षभित्र १५ बर्ष देखि ६० बर्ष उमेर समुहका सबै निरक्षर व्यक्तिलाई अंक अक्षर लेखपढ गर्न सक्ने बनाउन बर्सेनि करिब १८ लाख नागरिकलाई साक्षर बनाउनुपर्ने हुन्छ । त्यस कार्यक्रमका लागि प्रस्ताबित जनही ९ सयका दरले खर्च गर्दा करिब डेढ अर्ब रुपैयाँ लाग्छ । आफनो नाम र केहि लेखिएको कुरा पढन सक्ने बनाउने साक्षर कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरिनु सराहनीय कार्य हो । तर यस्तो महत्वपुर्ण कार्यक्रम बिनियोजित बजेट सक्न मात्रै हचुवाका भरमा सञ्चालन गरियो भने त्यो निश्चय पनि दुर्भाग्य पुर्ण विडम्बना मानिनेछ । वि.सं. २००४ सालदेखि आधार शिक्षा केन्द्रले ३ महिने प्रौढ साक्षरता कार्यक्रम सञ्चालन गरी प्रौढ साक्षरताको शुरुवात गरिएको देखिन्छ । अहिले २०७० सालसम्म आईपुग्दा ६५.९ प्रतिशत आइपुगेको छ । २०१३ सालदेखि योजनाबद्ध रुपमा प्रौढ शिक्षा कार्यक्रम प्रारम्भ गरिए पनि अब देशलाई सन २०१५ मा पुर्ण साक्षर घोषण गर्ने सहज देखिँदैन । यस्तै साक्षरता कक्षामा पढेका व्यक्तिहरुमा आफु साक्षर भएर साक्षरोत्तर वा निरन्तर शिक्षा तर्फ अग्रसर हुने भावनाको विकास भएको छैन । अर्को कुरा के छ भने साक्षर नेपाल अभियानको यथेस्ट प्रचार प्रसार हुन सकेको छैन । यसमा संचार माध्यमहरुको सक्रियता देखिन सकेको पनि छैन । निरक्षरका लागि आवश्यक श्रव्य र दृश्य प्रचार सामग्रीको अभाव छ । विज्ञान र प्रविधिको दु्रत गतिमा भएका ज्ञान एवम सीप सँग साक्षत्कार गर्दै प्रविधि र समृद्ध भित्र्याउन कम्तीमा पनि साक्षर हुनुको बिकल्प छैन ।
सामाजिक रुपान्तरण प्रतिशत र देश विकास गर्न त्यस देशको साक्षरता प्रतिशत उच्च हुनु पहिलो शर्त हो । साक्षरता अभियानलाई सफल पार्न धेरै चुनौतिहरुको सामान गर्न नपार्ला भन्न सकिन्न । निरक्षरहरुको साक्षरता कक्षामा अनियमितता र बीचैमा कक्षा छाड्नेजस्ता नकरात्मक प्रवृतिलाई कसरी सुधारेर उनीहरुको उत्साहजनक र जाँगरिलो सहभागिता जुटाउन सकिएला ? अब केहि समय बाँकि छ चिन्ता र चिन्तनको विषय बन्नु पर्दछ । साक्षरताले मानव विकासको सिमित सम्भावना बाट असीमित सम्भावनाको दैलो खोल्दछ । साक्षरताको विषय बस्तुलाई उनीहरुको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने ज्ञान सीपमा समय सापेक्ष रुपमा परिमार्जन र परिष्कृत गर्दै पेशागत दक्षतामा अभिबृद्धि गरी निर्वाहमुखीबाट व्यावसायिक मुखी बनाउँदै लाने रणनीतिको अवलम्बन आजको आवश्यकता हो । साक्षरता कार्यक्रमको मापदण्ड विभिन्न मुलुकहरुको आ–आफनो हुन सक्छ किनभने यो त्यो देशको शिक्षा कति विकसित छ भन्ने कुरामा निर्भर गर्दछ । विकसित मुलुकहरुमा अनौपचारिक शिक्षाको रुपमा प्राविधिक वा सिपमुलक तालिमहरुलाई लिएको पाइन्छ र हाम्रो देशको सन्दर्भमा आधारभुत पढाइ लेखाइलाई नै साक्षरताको मापदण्डको रुपमा लिनु पर्ने हुन्छ । नेपालमा पनि साक्षर बन्नका लागि सिक्नु पर्ने केहि आधाभुत सीपहरु उल्लेख गरिएको छ ।

आफ्नो मातृभाषा वा राष्ट्रभाषामा लेखिएका दैनिक जीवनसँग सम्बन्धित छोटा र साधारण वाक्यहरु बुझेर लेखपढ गर्न सक्ने र बुझेका कुरा एक आपसमा राम्ररी सम्प्रेषण गर्न सक्ने तथा साधारण हरहिसाब गर्न सक्ने व्यक्तिलाई साक्षर भनिने छ । स्वयम्सेवकले पनि साक्षरता कक्षामा निरक्षरहरुलाई करले नभई रहले पढ्ने बातावरण सिर्जना गर्नुपर्छ । साक्षरता कक्षामा सहभागिले आफुले अपनाई राखेको पेशा खास गरी कृषि र पशुपालन व्यवसायलाई टेवा पुग्नेखालको सिप तथा ज्ञान दिन जरुरी छ । यो कार्यक्रमलाई हचुवाका भरमा परम्परागत  रुपमा हेर्न र चलाउन छाडेर उपलब्धीमुलक हुने गरी सञ्चालन गर्नु आवश्यक छ । साथै साक्षरता कक्षा पुरा गरेकाहरुका लागि साक्षरोत्तर कक्षाहरुको जरुरी पनि छ ।  यसमा स्थानीय निकायलाई विशेष जिम्मेवार बनाउन सकेसम्म सफल कार्यान्वयन हुन सक्छ । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |