आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, February 10, 2014

३७ औ प्रधानमन्त्रीको रुपमा कोइराला बिजयी

sushil_koirala-300x300
काठमाडौँ,माघ२७– नेपाली कांग्रेसका सभापति सुशिल कोइराला प्रधानमन्त्रीमा विजयी भएका छन् । व्यवस्थापिका संसदमा आज भएको निर्वाचनमा खसेको कुल ५५३ मतको४०५ मत ल्याएर कोइराला प्रधानमन्त्रीमा विजयी बनेका हुन् । यो सँगै कोइराला देशको ३७ औ र कोइराला परिवारको तर्फबाट प्रधानमन्त्री बन्ने चौथो व्यक्तिको सौभाग्य उनलाई प्राप्त भएको छ । निर्वाचनमा कांग्रेस–एमालेसहितका गठबन्धनमा रहेका ४०५ दलले कोइरालाको पक्षमा मतदान गरेका थिए भने एमाओवादी,राप्रपा नेपाल ,मेधेसवादी दल लगायत केही दलका १ सय ४८ सभासद्ले कोइरालाको विपक्षीमा मतदान गरेका थिए । सहमतिय सरकारका लागि राष्ट्रपतिले आह्वान गरेको समयसिमाभित्र कुनै राजनीतिक सहमति नबनेपछि राष्ट्रपतिकै आह्वानमा आज बहुमतिय सरकारका लागि व्यवस्थापिका संसदमा चुनाव भएको हो । एमालेसँग कांग्रेसको ७ बुँदे सहमति हिजो मात्रै बनेपछि देशले नयाँ प्रधानमन्त्री पाउने स्थिती सृजना भएको थियो । - See more at: http://www.ratopati.com/2014/02/10/109588.html#sthash.zkfK1OAp.dpuf

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |