
१) निजि फोटो वा भिडियो ः यस्ता फोटो वा भिडियो पोष्ट नगनुहोस जनु तपार्ई चाहानहुन्न, तपाईका साथी वा सहकर्मी, कार्यालयका हाकिम वा परिवार वा अभिभावकले थाहा पाउन । तत्कालै यी मानिसहरु तपाईको फरेन्ड लिस्टमा नभएपनि उनीहरुलाई तपाईको पोस्ट थाहा पाउन गाह्रो हुदैन ।
२) फोन नम्बर ः तपाईले फेसुवुक चिनेको र दुई चार पटक च्याट गरेकै भरमा आफ्नो फोन नम्बर र घरको ठेगान नदिनु होस ।
३) गाली वा अभद्र शब्द ः यदी तपाईलै कसैसंग रिस उठेको छ वा तपाई केही कुरा भन्न चाहनु हुन्छ भने फेसवुकमा नलेख्नुस । असभ्य शब्द कदापी प्रयोग नगर्नुहोस ।
४) बैंक सम्वन्धी जानकारी ः कसैले माग्यो भन्दैमा वा चिठ्ठाको नाममा आफ्नो बैंक सम्वन्धी जानकारी, एटिएमको पिन कोड नदिनुस । यो निकै खतरनाक सावित हुन सक्दछ ।
५) मिनेट मिनेटको खवर ः हामी मध्य केहीलाई पत्येक कुराको जानकारी फेसवुकमा पोष्ट गर्ने बानी हुन्छ । जस्तै म यहाँ छु, अहिले यहाँ आइपुगे र एक छिनमा यहाँ पुग्नेछु । यसले शत्रु देखी लुटेरा सम्मलाइ तपाईको अवस्था बारेमा थाहा पाउन सजिलो पार्दछ । कान्तिद्धार दैनिकबाट
0 comments:
Post a Comment