आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, January 9, 2014

दोस्रो विहे गरेपछि अलपत्र बालबालिकालाई सहयोग

दिप बहादुर घर्ति
जाजरकोट

दोस्रो विवाह गरेर बाबु फरार भएपछि अलपत्र परेका जाजरकोट खलंगा ५ पोखराका बालिकालाई  जिल्ला बालकल्याण समितिले ५ हजार रुपैया सहयोग गरेको छ । अन्र्तजातिय विवाहका कारण घरपरिवारले पनि आमालाई स्वीकार नगरेको र बाबुले पनि अर्को विहे गरेर बेपत्ता भएपछि जोखिममा परेका ८ बर्षिय रोशनी ,६ बर्षिय किरण, ४ बर्षिय ज्योति र १ बर्षकि चाँदनीलाई सो सहयोग गरिएको हो । तत्काल खान बस्नको ब्यवस्थाको लागी बालकल्यान समितिको निर्णय अनुसार उक्त रकम सहयोग गरिएको बालविकास अधिकृत डम्वर रोकायले बताए । उक्त रकम बालिकाकी आमा जानुका लाई निमित्त महिला तथा बालबालिका कार्यालयका प्रमुख सकुन्तला आचार्यले विहिवार प्रदान गरिन । सँगै मर्ने सँगै बाँच्ने कसम खाएर दश बर्ष अघि अन्र्तजातिय विवाह गरेका आफ्नै पतिले धोका दिए पछि जाजरकोट खलंगा ५ पोखरा कि जमुना वि.क अहिले घर न घाट कि भएकी थिईन । यस सम्बन्धी बिस्तृत समाचार आहा सञ्चार साप्ताहिकमा अघिल्लो साता प्रकाशन भएको थियो ।

1 comments:

Unknown said...

Many many thanks DCWB Jajarkot and thanks dept women children officer Sakuntala and child right officer Dammar Rokaya sir

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |