आहा सञ्चार
रुकुम
जिल्लामा १६ जना कुष्ठरोगका विरामीहरु रहेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व कुष्ठरोग दिवसका अवसरमा आईतबार जिल्ला स्वास्थ्य कार्यालय रुकुमले पत्रकारहरुसंग गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्याङ्ग सार्वजनिक गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार २१ जना कुष्ठ रोगी मध्य ५ जनाको उपचार भैसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भोजराज गौतमले जानकारी दिए । उनका अनुसार जिल्लामा रहेका १६ जना कृष्ठ रोगीले जिल्ला स्वास्थ्य कार्यालयको प्रत्यक्ष निगरानीमा औषधि खाइरहेका छन् । उपचार भइरहेका कुष्टरोगका विरामीहरु बालबालीका बाहेक महिला, युवा, वृद्धवृद्धा लगायत सवै उमेर समुहका रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका सिनियर अहेव दिपक विष्टले कुष्टरोगका विरामीहरुको संख्या वढ्दै गएकाले थुप्रै विरामीहरुले आफ्नो रोग लुकाएर वसेको हुन सक्ने वताए । कुष्ठ रोगीहरुका लागि जिल्लाका सवै स्वास्थ्य संस्थामा आवश्यक औषधीहरु उपलव्ध रहेको जिल्ला स्वास्थ्य कार्यालयले वताएको छ ।

1:31:00 AM
www.aahasanchar.com

0 comments:
Post a Comment