आहा सञ्चार
रुकुम
सामुदायिक सिंचाई आयोजना सि.आई.पी.रुकुम अन्तरगत ५ नम्बर ईलाकामा संञ्चालन हुने सिंचाई उपआयोजनाका जल उपभोक्ता समितिका अध्यक्ष, सचिब, कोषाध्यक्ष र सदस्यहरुका लागी तालिम संचालन गरिएको छ ।
३ दिने सिंचाई योजना ब्यवस्थापन तथा निर्माण सम्बन्धि तालिम आईतबार कर्मचारी मिलन केन्द्र रुकुममा समापन गरीएको हो । तालिममा तकसेरा, कोल, राङ्गसी, कांक्रि गा.बि.स.का गरी २३ जनाको उपस्थिति रहेको थियो । तालिममा जलस्रोत र जलस्रोतको उपयोगीता, जल उपभोत्ताको कानुनी व्यवस्था, तरकारीको महत्व र नगदे वाली, तथा फलफूल खेति सम्वन्धी, प्राङगारीक मल, अर्गानीक खेती र बाली सघनता, सिंचाई निर्माण र मर्मत सम्भार कार्य आधुनीक कृषि प्रणालीमा सिचाईको महत्व लगाएतको बिषयमा रहेका थिए ।

तालिमको सहजिकरण सि.आई.पि ईन्जिनियर सुदिप बिक्रम भट्ट, मध्य पश्चिमाञ्चल सिंचाई सब डिभिजन कार्यालय रुकुमका डि.ई नियाजवारीस, जिल्ला कृषि बिकास कार्यालयका बरिष्ठ कृषि बिकास अधिकृत कुल प्रशाद अधिकारी, सि.आई.पि रुकुमका जिल्ला संयोजक हिक्मत बहादुर रोकाया, असिष्टेन्ट सब ईन्जिनियर रुद्रगोपाल डाँगी, राष्ट्रिय सिंचाई जल उपभोक्ता महांसघ रुकुमका उपाध्यक्ष बिरबहादुर खड्का, सचिब कल्यानी खड्का र सदस्य शिब शर्मा लगायतले गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै जिल्ला बिकास समिति रुकुमका स्थानीय बिकास अधिकारी भरत कुमार शर्माले अब सिंचाई निर्माण पश्चात नगदे बाली, तरकारी खेति लगाएत फलफुल खेती गरी आय आर्जनमा बृद्धि गर्न सहभागीहरुलाई सल्लाह दिएका छन ।
0 comments:
Post a Comment