आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, January 7, 2014

समानुपातिकमा पर्ने नपर्नेको कहानी

आहा सञ्चार डेस्क
समानुपातिक सभासद छान्न अहिले नेपालको राजनितिमा कम कसरत गर्नु  परेन । निर्बाचन आयोगले दिएको समयसिमामा पार्टिहरुले सभासदहरुको सुची बुझाउन नसक्दा पटक पटक सुची बुझाउन दलहरुले आग्रह गर्दा निर्बाचन आयोगले पनि मिति नथपी नहुने बाध्यता भयो । लामो कसरत पछि दलहरुले आयोगलाई समानुपातिक सभासद्हरुको सुची त बुझाए तर त्यो  सुचि पार्टिको सहमतिमा तथा बिबादरहित बन्न सकेन । साना देखि ठुलादलहरुले समानुपातिक सभासद्को सुची दुरपयोग गर्दै आफ्ना आफन्त तथा पैसाको मोलमोलाईमा बिक्रि गरेको समेत आलोचना खेप्नुप¥यो । राम्रालाई होईन हाम्रालाई, पार्टिमा मनदिनेलाई होईन धन दिनेलाई भन्ने चर्को टिप्पनीहरु सामाजिक संजालहरुमा पनि आईरहेका छन । गुटउपगुटको राजनीति हाबी भएपनि ठुला देखि साना दल तथा त्यसको नेतृत्व अहिले फरक फरक कित्तामा उभिएका छन । पार्टिमा आफ्नो गुट राम्रो बनाउन नेताहरु आआफ्नो मान्छेहरु सुचीमा राखेपछि क्रान्तिकारी मानिने पार्टिहरु पनि अहिले यसैको पेरीफेरीमा   घुमिरहेका छन । चुनाबमा भोट माग्दा जनताका लागी राजनीति गर्छौ भन्ने नेताहरु चुनाब पश्चात आफु अनकुलको निर्णयहरु गर्दा जनताहरु निरासा त छदै छन पार्टिमा लामो समयदेखि निरन्तर खटिरहेका नेताहरु समेत आक्रोसित भएका छन ।
 रुकुमबाट सिर्पाली र मल्ल
रुकुम जिल्लाबाट यस पटक समानुपातिक सभासद्मा दुई जना परेका छन । एमाओबादीका तर्फबाट दलजित सिर्पाली र नेपाली कांग्रेसका तर्फबाट मिठ्ठु मल्ल परेका हुन । यस सगै जिल्लाबाट सहभागी हुने संबिधानसभा सदस्यको संख्या ४ पुगेको छ । प्रत्यक्ष निर्बाचन प्रणाली अन्तरगत रुकुमका दुई वटै निर्बाचन क्षेत्रमा एमाओबादीले बिजयी हासिल गरेको थियो । जस अनुसार क्षेत्र नं १ बाट गणेशमान पुन र २ बाट जनार्दन शर्मा छन । जिल्लामा एमाओबादी र काग्रेसबाट प्रतिनिधित्व गर्ने सभासद भएपनि जिल्लाबाट नेकपा एमालेको भने दुबै प्रणालीबाट पनि समेटिन सकेनन् । अहिले समानुपातिक सिटमा छनोटमा परेका बाहेक अन्य जिल्लाका केहि नेताहरु पनि अन्तिम सुचिमा पर्ने चर्चा चलेको थियो । जसमा एकिकृत माओबादीको तर्फबाट हेमन्तप्रकास ओली, काग्रेसको तर्फबाट मानबहादुर नेपाली र एमालेको तर्फबाट आषा स्वर्णकार थिए ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |