आहा सञ्चार
रुकुम
जिल्ला युवा समन्वय समिति रुकुमको वैठक सम्पन्न भएको छ । सदरमुकाम खलंगा स्थित समन्वय समितिको कार्यालयमा बुधबार बसेको वैठकले युवा सम्वन्धि काम गर्ने सरोकारवाला निकायलाई समन्वय समितिसंग सहकार्य गरेर कार्यक्रम गर्न अनुरोध गरेको छ ।
वैठकले जिल्लामा प्रकाशन हुदैं आएको युवा आवाज वुलेटिनलाई निरन्तरता दिन लक्ष्मण केसी संयोजक तथा खम्वु रोकाय र अशोक शाह सदस्य रहनेगरी उप समिति पनि गठन गरेको छ । साथै वैठकले पुराना कार्यसमितिले गरेको कामको समिक्षा गर्दै पुरानो कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेको छ ।

समन्वय समितिका अध्यक्ष वीरवहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको वैठकमा आउंदा दिनहरुमा समन्वय समितिले गर्न सक्ने कार्यक्रम, संघ संस्थाहरुसंगको सहकार्य र यूएनएफपीले २०१४ मा गर्ने कार्यक्रमका वारेमा छलफल समेत भएको छ । युवाहरुलाई शसक्तिकरण गर्नुपर्ने निष्कर्ष निल्दै वैठकले प्रत्येक गाविस, इलाका तथा जिल्ला परिषद्मा युवाको पक्षमा कुरा उठाउन सवै युवाहरुलाई आग्रह गरेको छ ।
वैठकमा यूएनएफपीएका जिल्ला अधिकृत भुवन सेजुवाल, युवा समन्वय समितिका सल्लाहकार चुडामणी गौतम, शिव शर्मा, खम्बु रोकाय, शान्ति र विकासका लागी युवा संजालकी उपाध्यक्ष रिमा खड्का लगायतको उपस्थिति रहेको थियो ।
0 comments:
Post a Comment