आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, January 5, 2014

खानेपानी अवस्थाको स्थलगत अध्ययन

शेर प्रसाद ढकाल
चौरजहारी

जिल्लाको पश्चिमका ३ गाविसहरुमा खानेपानीे अवस्थाका बारेमा स्थलगत अध्ययन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार तथा स्वास्थ्य प्रर्वदन कार्यक्रम नेपालगञ्जले विजयश्वरी, खोलागाउँ र नुवाकोट गाविसमा खानेपानी अवस्थाको बारेमा स्थलगत अध्ययन गरेको हो । संस्थाका वरिष्ठ सव इन्जिनियर रमेश प्रसाद बजगाई, रेडक्रस जिल्ला शाखा रुकुमका सदस्य तथा उपशाखा चौरजहारी सभापति तेज बहादुर बटाला लगायतको टोलीले खानेपानी अवस्थाका बारेका स्थलगत अध्ययन गरेको हो । बिभिन्न जिल्लामा स्वास्थ्य र सरसफाईका क्षेत्रमा काम गर्दै आएको संस्थाले रुकुममा पहिलो पटक खानेपानी आयोजना निमार्णका लागि स्थलगत अध्ययन गरेको  टोलीले बताईएको छ । टोलीले राजनैतिक दलका प्रतिनिधि, वडा नागरिक मञ्च, संघ संस्थाका प्रतिनिधि तथा सर्वसाधारणहरु सँग छलफल गर्नुका साथै विभिन्न वडा तथा टोलहरुमा पुगी खानेपानी समस्याका वारेमा जानकारी लिएको छ । अध्ययन टोेली सँगको छलफलमा स्थानीय वासीले पानीको स्रोत हुदाहुदै पनि खानेपानी आयोजना निमार्ण हुन नसकेको तथा निमार्ण भएका कतिपय योजनाहरु लामो समयदेखि मर्मत नहुदा आफूहरु शुद्ध खानेपानीको चरम समस्यामा परेको बताएका थिए । खानेपानीकेै लागि गाग्री बोकेर घन्टौं समय खर्चेर पानीको जोह गर्नुपर्ने दुखका दिन अन्त्य गर्न आयोजना निमार्णका लागि सर्वसाधारणहरुले संस्थालाई आग्रह समेत गरेका छन् ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |